aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय, पसल खोल्ने समय पनि परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ बैशाख २०७८
Reliance life insurance
उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय, पसल खोल्ने समय पनि परिवर्तन
LBEF

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्बिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो बैशाख २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले उपत्यकाको निषेधाज्ञा एक साता लम्बिने भएको बताए । उनका अनुसार अबको निषेधाज्ञा थप कडा हुनेछ । बिहीवारदेखि नयाँ मापदण्डसहितको निषेधाज्ञा लागू गरिने पनि बैठकले निर्णय गरेको छ ।  

साथै पसल खोल्ने समय पनि परिवर्तन गरिएको छ । अब खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ ।बैठकले यस्तै सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्ने तथा बैंकको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने निर्णय गरेको छ ।

बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन् । बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ । ९ बजेसम्म मात्र कायम गरिएको छ । 

उपत्यकामा यसअघि गएको १६ गते जारी भएको निषेधाज्ञा बुधवार राति सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस