aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

मंगलवार २६५४.६९ विन्दुमा नेप्से परिसूचक, ६ अर्ब बढीको कारोबारमा एनसीसी बैंकको सर्वाधिक हिस्सा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ बैशाख २०७८
Reliance life insurance
मंगलवार २६५४.६९ विन्दुमा नेप्से परिसूचक, ६ अर्ब बढीको कारोबारमा एनसीसी बैंकको सर्वाधिक हिस्सा
LBEF

काठमाडौं । मंगलवार नेप्से परिसूचक २ हजार ६५४ दशमलव ६९ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक १ दशमलव ९४ अंक माथी उक्लिएको हो । उता, सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ३२ अंक बढेर ४७५ दशमलव ४४ विन्दुमा पुगेको छ । 

२ हजार ६५२ दशमलव २७ विन्दुदेखि खुलेको मंगलवारको बजार २ हजार ६६३ विन्दुसम्म पुगेको थियो भने २ हजार ६४० विन्दुसम्म झरेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने कम भएको छ । 

सोमवार रू. ७  अर्ब ५२ करोड ९२ लाख ९० हजार बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर कारोबार भएकोमा मंगलवार रू. ६ अर्ब ५ करोड २२ लाख ३६ हजार बराबरको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर कारोबार भएको छ । यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा एनसीसी बैंकले ओगटेको छ । एनसीसी बैंकको मंगलवार रू. २३ करोड ९ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको हो । 

मंगलवार लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ४३ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस