aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

मंगलवार समता घरेलु लघुवित्त सहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ बैशाख २०७८
Reliance life insurance
मंगलवार समता घरेलु लघुवित्त सहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढ्यो
LBEF

काठमाडौं । मंगलवार कारोबारको एक घण्टामा नेप्से परिसूचक ५ दशमलव ६२ अंकले घटेपनि पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यो दिन समता लघुवित्त र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले र विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत, राधी विद्युतको ९ दशमलव ९० प्रतिशत र सिंगटी हाइड्रो ईनर्जीको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशत बढेको हो । 

मर्जर पश्चातको पहिलो कारोबार दिन समता घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ५५ ले बढेर अन्तिम मूल्य रू. ६०६ पुगेको हो । निरन्तर उच्च दरमा बढ्दै आएको महिला लघुवित्तको शेयरमूल्य पनि मंगलवार प्रतिकित्ता रू. ३७८ ले बढेर अन्तिम मूल्य रू. ४ हजार १५८ कायम भएको हो । 

त्यस्तै विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ६१६ ले बढेर अन्तिम मूल्य रू. ६ हजार ७८४, राधी विद्युतको प्रतिकित्ता रू. ५२ ले बढेर अन्तिम मूल्य रू. ५७७ र सिंगटी हाइड्रोको प्रतिकित्ता रू. ४३ ले बढेर अन्तिम मूल्य रू. ४८१ पुगेको छ । यस दिन यी कम्पनीहरुको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा सकारात्मक प्रभाव परेको हो ।
 

प्रतिक्रिया दिनुहोस