aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

चार कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासको वित्तीय विवरण, कुनको कस्तो छ अबस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ बैशाख २०७८
Reliance life insurance
चार कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासको वित्तीय विवरण, कुनको कस्तो छ अबस्था ?
LBEF

काठमाडौं । विभिन्न चार कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । बरुण हाइड्रोपार, आशा लघुवित्त, पाँचथर पावर कम्पनी र दिव्यश्वरी हाइड्रोपावरले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।   

कुन कम्पनीको कस्तो छ अवस्था ? 

बरुण हाइड्रोपार
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५२ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म १ करोड १७ लाख १ हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५५ प्रतिशत कम भएको हो ।

यस वर्ष विद्युत विक्रीबाट हुने आम्दानी ३० प्रतिशत कम भएकाले पनि खुद नाफामा कमि आएको हो । गत वर्ष ६ करोड ५५ लाख ८६ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ५८ लाख २२ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । यस वर्ष प्रसारण लाइनका कारण आयोजनाप पुर्ण क्षमतामा चल्न नपाएकाले आम्दानीमा कमि आएको कम्पनीको भनाई छ ।   

५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर २६ करोड ७९ लाख ७ हजार रुपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम भने ३१ प्रतिशत घटेको छ । गत वर्ष १ करोड १७ लाख १ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष ८० लाख ६६ हजार रुपैयाँमा सिमित भएको छ । 

बैंकबाट लिएको ऋण रकम भने यस वर्ष १५ प्रतिशत घटेको छ । कम्पनीको ऋण रकम गत वर्षसम्म २६ करोड ९६ लाख रुपैयाँ रहेकोमा यस वर्ष २२ करोड ८५ लाख २५ हजार रुपैयाँमा झरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव शून्य रुपैयाँ २ र प्रतिशेयर नेटवर्थ १०३ दशमलव शून्य १ रुपैयाँ रहेको छ । 

आशा लघुवित्त

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आशा लघुवित्र वित्तीय संस्था लिमिटेडले रू. १० करोड ६७ लाख ६४ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २६७ दशमलव ८२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९० लाख २६ हजार यो नाफा गरेको थियो । यस वर्ष खुद ब्याज आम्दानी ७८ प्रतिशत बढेको र सञ्चालन नाफामा सुधार भएकोले पनि कम्पनीको खुद नाफा उल्लेख्य मात्रामा बढेको हो । 

गत वर्ष रू. १० करोड ६४ लाख १४ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १८ करोड ९८ लाख ४४ हजार यो आम्दानी गरेको छ । गत वर्षसम्म रू. ७२ लाख ३६ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीले यस वर्ष सुधारेर रू. १५ करोड ५१ लाख ८३ हजार सञ्चालन नाफा गर्न सफल भएको छ । 

यस वर्ष सम्भावित जोखिम शिर्षमा ९६ दशमलव ६५ प्रतिशत कम रकम छ्ट्याएकाले पनि कम्पनीको सञ्चालन नाफा बढेको हो । गत वर्ष रू. ६ करोड ९४ लाख ५२ हजार सम्भावित जोखिममा छुट्याएको कम्पनीले यस वर्ष रू. २३ लाख २० हजार मात्र छुट्याएको छ ।

१५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. २६ करोड ७१ लाख ३१ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १३६ दशमलव ५० प्रतिशत बृद्धि भई रू. १५ करोड ३५ लाख ३३ हजार कायम भएको छ । 

यस वर्ष गत वर्षभन्दा साढे ६३ प्रतिशत बढी रू. १ अर्ब १९ करोड ३९ लाख ४७ हजार निक्षेप संकलन गरेको कम्पनीले ६० दशमलव ६८ प्रतिशत बढी रू. ३ अर्ब ६३ करोड ८९ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा ५० दशमलव ८७ प्रतिशत बढी रू. २ अर्ब ११ करोड २३ लाख ७ हजार बढी कर्जा सापटी लिएको छ । यस वर्ष निष्क्रिय कर्जा पनि ३ दशमलव १५ प्रतिशतमा झरेको छ । गत वर्ष ४ दशमलव ४६ प्रतिशत रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५३ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ४० रहेको छ । 

पाँचथर पावर कम्पनी 
पाँचथर पावर कम्पनी लिमिटेडले यस वर्षको तेस्रो त्रैमाससम्म रू. २ करोड ९५ लाख ४६ हजार खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ५५ दशमलव ५३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ६४ लाख ३३ हजार यो नाफा गरेको थियो । 

यस वर्ष सञ्चालन आम्दानी घटेको कम्पनीको खर्च बढ्दा नाफामा कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३० करोड ७१ लाख ५५ हजार सञ्चालन आम्दानी गरेको थियो भने यस वर्ष यो आम्दानी रू. २६ करोड ७१ लाख ५० हजारमा खुम्चिएको छ । सञ्चालन आम्दानी गत वर्षभन्दा यस वर्ष १३ प्रतिशत घटेको हो ।

यस वर्ष कम्पनीको प्रत्यक्ष खर्च भने १४० प्रतिशत बढी भएको छ । गतवर्ष यो शिर्षकमा रू. ७६ लाख ३२ हजार खर्च गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८३ लाख १८ हजार खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ९६ करोड २५ लाख रहेको छ । जगेडा कोष रकम भने रू. ११ करोड ५ लाख ९६ हजार ऋणात्मक रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोषको ऋणात्मक रकम ३० प्रतिशत कम भएको हो । गत वर्ष यो रकम रू. १५ करोड ७२ लाख ७७ हजार थियो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ५१ छ ।

दिव्यश्वरी हाइड्रोपावर 

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड यस वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ८० लाख ७३ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यो अवधिसम्म रू. ३ करोड १६ लाख ६० हजार खुद नोक्सानीमा रहेको कम्पनीले करिब ४३ प्रतिशत नोक्सानी सुधारेको हो । 

यस वर्ष कुल आम्दानीमा बृद्धि भएकाले पनि नोक्सानीमा सुधार देखिएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेपनि अन्य स्रोतबाट आम्दानी भएकाले कुल आम्दानी बढेको छ । यस वर्ष विद्युत विक्रीबाट रू. ५ करोड २८ लाख ४२ हजार र अन्य स्रोतबाट रू. १ करोड १ लाख ८६ हजार आम्दानी भएको छ । 

गत वर्ष विद्युत विक्रीबाट रू. ५ करोड ७५ लाख ९ हजार आम्दानी गरेको कम्पनीले अन्य स्रोतबाट आम्दानी गरेको थिएन । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड ३० लाख ९४ हजार ऋणात्मक छ । गत वर्ष भन्दा यस वर्ष जगेडा कोषको ऋणात्मक रकम १८ प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १६ करोड ३२ लाख १५ हजार ऋणात्मक थियो । यस वर्ष कम्पनीको ऋण रकम भने कम भएको छ । अल्पकालिन ऋण रकम रू. ५ करोड ४४ लाख ६५ हजार र दिर्घकालिन ऋण रकम रू. ६ करोड ६९ लाख २४ हजार रहेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीको अल्पकालिन ऋण रकम रू. ६ करोड ४४ लाख ६५ हजार र दिर्घकालिन ऋण रकम रू. ६१ करोड ७७ लाख ३९ हजार थियो । खुद नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २६ दशमलव ८६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस