aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

अक्सिजनको अवैध कारोबार गर्नेलाई कारवाही गर्छौः प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
Nabil Bank
अक्सिजनको अवैध कारोबार गर्नेलाई कारवाही गर्छौः प्रधानमन्त्री ओली
LBEF

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजनको अवैध कारोबार गर्नेलाई कारवाही गरिने बताएका छन् । सोमबार र देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने पनि बताए । ‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ ।’

अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने पनि उनले बताए । स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए ।  
  
त्यस्तै, उनले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको समेत बताए । ‘हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील छ ।’ 

कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

साथै ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उनले अनुरोध गरे । 

प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको जनाए ।

सबैजसो अस्पताललाई पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जनाउँदै उनले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताए । उनले भने, “जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन । यस स्थितिमा  पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको म प्रशंसा गर्दछु ।”

प्रतिक्रिया दिनुहोस