aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश जेठ १० गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
Nabil Bank
एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश जेठ १० गते पारित गर्ने
LBEF

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित कुल ८ दशमलव ४२ प्रतिशत लाभांश जेठ ११ गते पारित गर्ने भएको छ । उक्त दिन कम्पनीले २६ औं वार्षिक साधारण सभा आव्हान गरेको हो । कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा भर्चुअल माध्यमबाट दिउसो २ बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो । 

यस वर्ष कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५९ लाख ३० हजारको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश प्रस्ताव गरेको हो । लाभांश सहित सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लेखापरिक्षणका लागि बर्तमान लेखापरिक्षक एम.जि.एस. एण्ड एसोसियट्सलाईनै पुनः नियुक्त गर्नेछ ।

अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ती गर्ने भएमा सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यो सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस