aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

एनएमबि लघुवित्तले कमायो १२ करोड ६५ लाखभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
Citizen life
nabil bank
एनएमबि लघुवित्तले कमायो १२ करोड ६५ लाखभन्दा बढी नाफा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १२ करोड ६५ लाख ९७ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा १७५ दशमलव ३७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५९ लाख ७४ हजार यो नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको सञ्चालन नाफामा उल्लेख्य बृद्धि भएसँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष रू. १ करोड ४९ लाख ७१ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २० करोड ३ लाख ५ हजार यो नाफा गरेको हो । सम्भावित जोखिममा गत वर्षभन्दा साढे १२ प्रतिशत कम रकम छुट्याएको छ । 

गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ६ करोड ९१ लाख ७९ हजार छ्ट्याएको कम्पनीले यस वर्ष रू. ६ करोड ४ लाख ९५ हजार छुट्याएको छ । गत वर्षभन्दा ९२ दशमलव २२ प्रतिशत बढी रू. ३३ करोड ९९ लाख १७ हजार खुद ब्याज आम्दानी कम्पनीले यस वर्ष गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ९८ लाख ५ हजार र जगेडा कोष रकम रू. २९ करोड ३३ लाख ३७ हजार छ ।

यस वर्ष गत वर्षभन्दा साढे २७ प्रतिशत बढी रू. १ अर्ब ७८ करोड ८४ लाख ५१ हजार निक्षेप संकलन गरेको कम्पनीले ४७ दशमलव ८९ प्रतिशत बढी रू. ५ अर्ब २५ करोड ९ लाख ४९ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४७ प्रतिशत कायम भएको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव २७ र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव ३४ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस