aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

एनआईसी बैंकका ग्राहकले यी पाँच ठाउँबाट समान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
Reliance life insurance
एनआईसी बैंकका ग्राहकले यी पाँच ठाउँबाट समान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने
LBEF

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई एक विशेष योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकले घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो । 

बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिन फूड एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस