aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

उपासना बनिन् बीमा क्षेत्रको पहिलो महिला सिईओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
Reliance life insurance
उपासना बनिन् बीमा क्षेत्रको पहिलो महिला सिईओ
LBEF

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स  कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौैडेललाई नियुक्त गरिएको छ । उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी हुन् । साथै, उनी हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल भएकी हुन् । 

विगत एक दशक भन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयबाट एमबिए सम्मको अध्ययन पुरा गनु भएको उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् । 
उनी यूनाइटेड इन्स्योरेन्स कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिईन् । उनको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उनलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस