ओसाका सम्मेलन: अमेरिका–चीन व्यापार प्रमुख एजेन्डा - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

ओसाका सम्मेलन: अमेरिका–चीन व्यापार प्रमुख एजेन्डा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
Sunrise bank
ओसाका सम्मेलन: अमेरिका–चीन व्यापार प्रमुख एजेन्डा
LBEF
NCH-IPS

काठमाडौ ।  अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आवद्ध जी–२० समूह राष्ट्रको वार्षिकरूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका शहरमा भएको छ । सो समूहमा विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई तिहाई जनतालाई प्रतिनिधित्व गर्छ । यो समूहको मुख्य उद्देश्य अन्तरराष्ट्रिय आर्थिक स्थायित्व भएको सदस्य राष्ट्रको दाबी रहेको छ ।     
     
 ओसाका सम्मेलनले पनि गतवर्ष अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्समा सम्पन्न सम्मेलनले जस्तै अमेरिका–चीन व्यापार युद्धलाई प्रमुख एजेन्डा बनाएको छ । यद्यपि यसबारे विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच आफ्ना अडानमा कटिवद्ध बन्दै व्यापार युद्धबाट परेको असरबारे छलफल भएको छ । अमेरिका–चीन व्यापार युद्धले सम्बन्धित मुलुकलाई त आर्थिकरूपमा प्रभावित पारेको नै छ यसबाहेक उनीहरूका उत्पादनमा निर्भर रहने खासगरी यूरोपेली मुलुकको बजार पनि निकै प्रभावित बनेको छ ।     
     
 शुक्रबार सम्मेलनमा बोल्दै जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिका र चीनले सम्मेलनको अवसरमा व्याप्त व्यापार तनावलाई कम गर्न वा अन्त्य गर्न सफल हुने विश्वास गर्नुभयो । जर्मनीको निर्यातमुखी अर्थतन्त्रमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र दोस्रो ठूलो अर्थतन्त्रबीचको तनावका कारण देखिएको संरक्षणवादी व्यापार नीतिको विशेष प्रभाव परेको मर्केलको निष्कर्ष छ ।     
     
 सम्मेलनको शिलशिलामा भएको दुईपक्षीय भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विश्वका दुई प्रमुख निर्यातकर्ताले संरक्षणवादी नीति लिनु बाँकी विश्वका लागि दुर्भाग्य भएको जर्मनीको बुझाई रहेको मर्केलले उल्लेख गर्नुभयो । “हामी चाहन्छौँ चीन र अमेरिकाबीच सम्मेलनको साइडलाइनमा वार्ता होस् जसले वर्तमान व्यवसायिक अन्यौललाई सफलता प्रदान गरोस् ” मर्केलले थप्नुभयो ।     
     
 विश्व अर्थतन्त्रलाई छाँयामा पारेको भनिएको चीन–अमेरिका व्यापार विवादको निकासका लागि ट्रम्पले पनि फलदायी वार्ता हुने विश्वास व्यक्त गर्नुभएको छ । सँगसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “अमेरिकी तथा अन्य विश्व समुदायको चासो चीन र अमेरिकाले सम्झौता गरून् भन्ने मात्र नभएर विवादलाई सही निकाश दिउन् भन्ने रहेको मैले बुझेको छु ।” “कमसेकम वार्तालाई उत्पादनमुलक बनाउनुपर्छ । हामी हेरिरहेका छौँ कसरी बिषयको उठान हुन्छ र निष्कर्ष के आउँछ ।”     
     
 उहाँले भन्नुभयो, “चीनसँग भएका दुई दिने व्यापार वार्ताले अमेरिकी अर्थतन्त्रलाई उकास्ने छ ।” पत्रकारले के अमेरिकाले चिनियाँ राष्ट्रपतिसँग छ महिनाका लागि गरेको नयाँ कर वृद्धिको घोषणालाई स्थगित गर्न सहमति भयो भनी गरेको प्रश्नमा ट्रम्पले संक्षिप्त जवाफ दिँदै भन्नुभयो, “भएको छैन ।” अमेरिकी राष्ट्रपतिको भनाइले समस्या समाधानतर्फ अघि बढेको सङ्केत देखिँदैन तर पनि नेताहरूको ओसाका बसाईले केही त गर्ला भन्ने विश्व समुदायको अपेक्षा भने कायम छ ।     
     
 यो अमेरिकी व्यवसायी र चिनियाँ व्यवसायीको पनि अपेक्षाको बिषय हो । उनीहरूले कमसेकम समयमा नै निश्चित कुरामा सहमति निर्माण गरेमा स्थापित बजारलाई धराशायी बनाउने छैन ।     
     
 त्यस्तै चीनले अमेरिकाले जी–२० सम्मेलनका अवसरमा हुने वार्ताबाट मध्यमार्गी बाटो अवलम्बन गर्ने विश्वास लिएको छ । चीनको विदेश मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको अमेरिका समकक्षीसँग महङ्गो कर वृद्धिबारे हुने कुराकानीबारे सम्मेलन शुरू हुनु पहिले सार्वजनिक गरेको भनाइमा उल्लेख छ, “ वासिङ्टनले कमसेकम चीनसँग मध्यमार्गी नीतिलाई अघि सारोस् र वार्तालाई सकारात्मक दिशामा अघि बढाउन सहकार्य गरोस् । यो दुबै देशको हितमा रहने र यसबाट अन्तरराष्ट्रिय समुदायको साझा अपेक्षालाई पनि सम्बोधन गर्न सकिने छ ।”     
     
 दुवै देशका लगानीकर्ताले ट्रम्प र सीले डिसेम्बरमा नयाँ कर वृद्धि रोक्ने निर्णय लिएजस्तो कुनै पहललाई सार्वजनिक गर्नेमा विश्वस्त देखिएका छन् तर विष्लेषकले जी–२०मा हुने सहमति अस्थायी मात्र हुने बताएका थिए । यद्यपि यही अस्थायी सहमतिको सङ्केत पनि अहिलेसम्म मिलेको देखिएको छैन ।     
     
 यस पहिले अमेरिका चीनबीचको व्यापार तनाव कम गर्न विभिन्न ११ चरणमा कुराकानी भएपनि समस्यालाई ‘आइसब्रेक’ गर्न भने असमर्थ बनेका थिए । अहिले वार्ता सकिएको छ । बेइजिङले सहमति सन्तुलित हुनुपर्ने जनाउँदै अमेरिकाद्वारा चिनियाँ प्रशासन र कम्पनीले अमेरिकी प्रविधि चोरी गरेको वा हस्तान्तरणका लागि दवाव दिएको भन्ने आरोपको खण्डन गर्दै आएको छ ।     
     
 चीनका राष्ट्रपति सीले शुक्रबार शिखर सम्मेलनमा सहभागी भएर जी–२० समूहले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरेर विश्व अर्थतन्त्रको खुलापन, सहनशीलता, सन्तुलित र सामान्य हित र कल्याणकारी विकासको प्रत्याभूति दिनुपर्ने बताउनुभएको छ । विश्व व्यापार संगठन सुधार गर्नुको उद्देश्य अझ सशक्त बजारलाई खुला पार्ने, विकासलाई अघि बढाउने हुनुका साथै सुधारको नतिजा स्वतन्त्र व्यापार र बहुपक्षीयतावादको संरक्षण गर्ने, विकासको अन्तरलाई सानो बनाउनेमा हितकर हुनुपर्ने राष्ट्राध्यक्ष सीले बताउनुभयो ।     
     
 विभिन्न पक्षले मौद्रिक सुरक्षाको प्रत्याभूति गर्नुका साथै अन्तर्राष्ट्रि«य मौद्रिक बनोट अझ उचित बनाउने, अझ राम्रो वास्तविक विश्व आर्थिक अवस्थालाई प्रतिक्रिया गर्नुपर्ने पनि सीको भनाइ रह््यो । यसबाहेक उहाँले हाल चीनले बजारलाई अझ खुला पार्ने लगायत पाँच बुँदे प्रतिवद्धता पनि घोषणा गर्नुभएको छ । निरन्तर रुपमा बजारलाई खुला गर्ने, सक्रियरुपमा आयातलाई विस्तृत पार्ने, निरन्तर रुपमा व्यवसायिक वातावरणलाई सुधार्ने, चौतर्फी रुपमा चीनमा रहेका देशी विदेशी व्यवसायलाई समान सेवा गर्ने र जोडतोडका साथ आर्थिक व्यापारिक वार्तालाई अघि बढाउने भन्ने रहेका छन् ।     
     
 खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने सकारात्मक सदस्यको हैसियतले चिनियाँ राष्ट्रपति सीले विविध ठाउँमा संयुक्त प्रयासमार्फत खुलस्त विश्व अर्थतन्त्रको निर्माण र संरक्षण गर्नुका साथै विश्व अर्थतन्त्रलाई स्वस्थ र जिवन्तरूपमा कायम राख्न विभिन्न मुलुकसँग आह्वान गर्नुभएको थियो । खुलस्त विकास, आपसी हितयुक्त र साझा जीत भन्ने चीन र विश्वको साझा लक्ष्य भएको उहाँको भनाइ छ । ओसाका शिखर सम्मेलनबाट विश्व सामु बहुपक्षीयतावादलाई कायम राख्ने, अन्तरराष्ट्रि«य प्रणाली र स्वतन्त्र व्यापारिक व्यवस्थाको संरक्षण गर्ने स्पष्ट सङ्केत दिन सकिने चीनले आशा गरेको बताइएको छ ।   शिखर सम्मेलनमा सहभागी नेताले विश्व आर्थिक परिस्थिति, व्यापार, लगानी, सिर्जनशीलता र डिजिटल अर्थतन्त्र आदि विषयबारे विचार–विमर्श गरेका छन् ।     
     
 यसैबीच चीन रुस,भारतका शीर्ष नेताबीच पनि सम्मेलनको शिलशिलामा भेटघाट भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अहिलेको अन्तरराष्ट्रिय अवस्था, महत्वपूर्ण अन्तरराष्ट्रिय र क्षेत्रीय परिस्थिति, त्रिपक्षीय सहयोगबारे गहिरो रुपमा वैचारिक आदानप्रदान गरेका थिए । नेताहरूले निरन्तर रुपमा चीन–रुस–भारत सहयोगात्मक संयन्त्रको संरक्षण गर्ने, प्रयोग गर्ने र विकसित पार्दै क्षेत्रीय र विश्व शान्ति, स्थिरता र समृद्धिलाई अघि बढाउन अझ बढी योगदान गर्ने मतैक्यता जनाएका पनि बताइएको छ ।     
     
 त्यस्तै उक्त मुलुकका विदेशमन्त्री तथा उच्च सुरक्षा अधिकारी स्तरीय भेट भएको र उनीहरूले आतङ्कवाद, लागु औषध कारोबार तथा तस्करी तथा अन्य साझा चुनौतिबारे छलफल गरेका पनि चीनले बताएको छ । यस्तै रूसी नेता पुटिनले रूस, चीन र भारतले संरक्षणवाद, एकपक्षीय गतिविधि, तथा गैरकानुनीुलुकका विदेशमन्त्री तथा उच्च सुरक्षा अधिकारी स्तरीय भेट भएको र उनीहरूले आतङ्कवाद, लागु औषध कारोबार तथा तस्करी तथा अन्य साझा चुनौतिबारे छलफल गरेका पनि चीनले बताएको छ ।दिलीप शर्मा/रासस     
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });