aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

तरकारी बजार र विमान स्थल कोरोनाको हट स्पट बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
Reliance life insurance
तरकारी बजार र विमान स्थल कोरोनाको हट स्पट बन्दै
LBEF

काठमाडौं । कोभिड–१९  को महामारीका  कारण  उपत्यकाका  थोक  तरकारी तथा  फलफुल  बजारहरु र विमान स्थलबाट कोरोना सर्ने खतरा बढेको छ ।छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न  दिइने  भएपछि  तरकारी  तथा  फलफूल बजारहरूमा  बिहान  र  बेलुका  एक्कासि  भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ । त्यस्तै, आन्तरिक र वाह्य विमान स्थलमा देखिएको भिडले राजधानीमा कोरोना ल्याइरहेको देख्न सकिन्छ ।  

खुद्रा  पसलका लागि  तरकारी  तथा  फलफूल  खरिद  गर्न  थोक बजार  कालीमाटी,  बल्खु,  बानेश्वर,  तीनकुने, बागबजार  टुकुचा र काडाँधारी लगायतका  ठाउँमा  जाने  गरेका छन्  त्यसले  गर्दा  बिहान  त्यहाँ  अत्यधिक  भीड हुने  गरेको  छ ।

थोक  बजार  पनि  अघि पछिभन्दा सीमित  समयसम्म  खुल्ने  भएकाले  उपभोक्ताको भीड  अत्यधिक  हुने  गरेको  छ । नेपाल  फलफूल तथा  तरकारी  व्यवसायी  महासङ्घका  अध्यक्ष खोमप्रसाद  घिमिरेले  तरकारी  बजारमा  अत्यधिक भीडका  कारण  जोखिम  बढेको  बताए । 

त्यस्तै विमान स्थलमा देखिएको भिडका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आन्तरिक हवाई सेवा बन्द गर्न सिफारिस गरिसकेको छ । त्यस्तै, अन्तराष्टिय विमान स्थलमा आफ्न्त लिन जाने स्थान र ट्याक्सी पार्कमा देखिएको भिडका कारण कोरोनो संक्रमण राजधानीका विभिन्न कुनामा पुग्ने खतरा देखिन्छ ।  
 

प्रतिक्रिया दिनुहोस