aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक बढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ बैशाख २०७८
Reliance life insurance
आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक बढ्ने
LBEF

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा  शुभकामना दिँदै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भई मासिक १३ हजार ४५० रुपैयाँ गरि १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका हुन ।  

विश्वव्यापी रुपमा कार्यथलोमा हरेक दिन सात हजार  ६०० मानिस मर्ने गरेका छन् । दक्षिण एशियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको उनले जिकिर गरेका छन । हरेक दिन ४१० मजदूरको निर्माणस्थलमै मर्ने गरेको छ ।

समग्रमा २० लाख ७८ हजार मानिसले कामसँग सम्बन्धित भएर ज्यान गुमारहेका छन् । कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रुपमा प्रक्षेपण गरिएको कुरा सन्देशमा उल्लेख छ ।  
     
प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाइ श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवद्र्धन गरेको उल्लेख छ । 

 त्यस्तै आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई  एक लाखको बीमा गरिएको सन्देशमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस