aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

अक्सिजनको अभाव टार्न सिलिन्डरको विकल्प 'कन्सन्ट्रेटर' हुनसक्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
Nabil Bank
अक्सिजनको अभाव टार्न सिलिन्डरको विकल्प 'कन्सन्ट्रेटर' हुनसक्छ ?
LBEF

काठमाडौं । कोरोना विरुद्धको लडाइँमा अनपेक्षित सफलता हात पारेको देश चीनले महामारीबाट हायल कायल भएको अर्को मुलुक भारतलाई २५ हजार थान अक्सिजन कन्सन्ट्रेटर पठाएर सहयोग गर्ने घोषणा बिहीबार गर्‍यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालको आपत् कम गर्न एक लाख अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने भन्दै ट्विट गरेका छन्। जर्मनी र बेलायत जस्ता देशबाट भारतलाई सहयोग स्वरूप अक्सिजन कन्सन्ट्रेटरहरू पनि पठाइएको छ।

यता अहिले नेपालका अस्पतालहरूको एउटै गुनासो छ - अक्सिजनको अभावले गर्दा बिरामीको उपचारमा समस्या भयो। उनीहरू के भन्दैछन् भने निकै सिकिस्त भएपछि मात्र मानिसहरू उपचारको लागि अस्पताल आउँछन् जसले गर्दा आइसियु वा भेन्टिलेटर नै चाहिने हुन्छ। शरीरमा अक्सिजनको मात्र धेरै कमी भएपछि वा सास फेर्न कठिनाइ भएपछि मात्रै अस्पताल पुग्ने बिरामीलाई सिलिन्डरबाट अक्सिजन दिनुपर्ने हुन्छ।  तर, यदि घरमा नै मानिसहरूले अक्सिजन कन्सन्ट्रेटर मार्फत शरीरमा अक्सिजनको आपूर्ति गर्ने हो भने कोरोनाको कारण मर्नेको सङ्ख्यामा उल्लेख्य कमी ल्याउन सकिने सम्भावना हुन्छ। जसको आपूर्तिका बारेमा सरकारले समयमा नै सोच्नु आवश्यक देखिएको छ। 

के हो अक्सिजन कन्सन्ट्रेटर ?

अक्सिजन कन्सन्ट्रेटर एउटा मेशिन हो जसले हावाबाट अक्सिजन सङ्कलन गर्दछ। त्यसपछि सो अक्सिजन ट्युब मार्फत बिरामीको नाकसम्म पुर्याउनेगरी त्यसमा व्यवस्था मिलाइएको हुन्छ।

बिबिसीले आफ्नो रिपोर्टमा लेखेको छ- विज्ञहरूका अनुसार यसबाट बाहिर निस्केको अक्सिजन ९० देखि ९५ प्रतिशत शुद्ध हुन्छ। यदि यस्ता अक्सिजन कन्सन्ट्रेटर मेसिनको सहज आपूर्ति गर्न सकियो भने जसरी मानिसहरू अस्पतालका बेडमा मर्दैछन् र सडकमा पेटीमा अक्सिजनको अभावले ज्यान गुमाउँदै छन् त्यो रोक्न सकिन्छ। किनकि यो विश्वास गरिन्छ कि अक्सिजन कन्सन्ट्रेटरहरूले मान्छेको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

विज्ञहरूका अनुसार यो महामारीमा जीवन बचाउनका लागि अक्सिजन कन्सन्ट्रेटरको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि कसैको अक्सिजनको स्तर कम हुँदै छ भने अस्पतालमा भर्ना हुनु अघि अक्सिजन कन्सन्ट्रेटरको सहयोगमा बिरामीलाई सहजता प्रदान गर्न सकिन्छ। त्यसो त आइसियु वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पुगेका बिरामीको लागी अक्सिजन कन्सन्ट्रेटर काम लाग्दैन किनकि त्यस्ता बिरामीलाई यी मेशिनहरूले उत्पादन गर्न नसक्ने भन्दा घण्टा धेरै अक्सिजन चाहिन्छ।

अहिले भारतमा नै स्थिति यस्तो छ कि मानिसहरूले जति खर्च गर्न खोजे पनि अक्सिजन कन्सन्ट्रेटर पाउन सकिरहेका छैनन्। सामान्य अवस्थामा प्रति घण्टा पाँच लिटर अक्सिजन उत्पादन गर्ने कन्सुलेटरको मूल्य करिब ५० हजार भारु पर्छ भने एक घण्टा १० लिटर अक्सिजन बनाउने मेसिनको मूल्य करिब एक लाख रुपैयाँ छ। तापनि मानिसले यो किन्न पाइरहेका छैनन्। 

प्रतिक्रिया दिनुहोस