लेदोका कारण गल्छीमा फेरि राजमार्ग अवरुद्ध - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

लेदोका कारण गल्छीमा फेरि राजमार्ग अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
Sunrise bank
लेदोका कारण गल्छीमा फेरि राजमार्ग अवरुद्ध
LBEF
NCH-IPS

धादिङ । धादिङको गल्छी–बैरेनीमा फेरि राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण बगाएर ल्याएको बालुवा र लेदोका कारण शनिबार बिहानैदेखि धादिङको गल्छी–बैरेनीमा राजमार्ग अवरुद्ध भएको हो । 

गत शुक्रबार पनि लेदोका कारण ११ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । शनिबार पनि गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको बालुवाखानी हुँदै आएको लेदो र रातोमाटोले बैरेनी महेशदोभान खोला पूरै भरिएको स्थानीयले जनाएका छन् । 

राजमार्गमा पुरै लेदो भरिएपछि सवारी आवागमन ठप्प बनेको छ । लेदो हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस