aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

कोरोनाले पछि धकेलियो इन्भेष्टमेन्ट-हिमालयन मर्जर, प्रक्रिया नभाँडिनेमा अध्यक्ष गौतम ढुक्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
Reliance life insurance
कोरोनाले पछि धकेलियो इन्भेष्टमेन्ट-हिमालयन मर्जर, प्रक्रिया नभाँडिनेमा अध्यक्ष गौतम ढुक्क
LBEF

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक लिमिटेडको बहुचर्चित मर्जर अझै टुङ्गोमा पुग्न सकेको छैन।  जसका कारण कतै यो प्रक्रिया बिचैमा बिथोलिने त होइन भन्ने आशङ्का समेत पैदा भएको छ। 

कतिपय सञ्चार मध्यमहरूमा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट केही अमिल्दा र राष्ट्र बैंकले तोकेको विधिसँग मेल नखाने प्रस्ताव आएका कारण मर्जरको समझदारी पत्रमा हस्ताक्षर हुन नसकेको भन्ने समाचार प्रकाशित भएपछि मर्जर एम्बुसमा पर्ने चिन्ता बढेको हो। तर, हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम भने मर्जर प्रक्रिया चाँडै पुरा हुनेमा ढुक्क छन्। 

आर्थिक न्युजसँग कुरा गर्दै उनले भने, 'कोभिडको कारण दुवै बैंकको बोर्ड बैठक बस्न सकेको छैन। मर्जर कमिटीले पनि समझदारी पत्रको मस्यौदा बोर्डमा निर्माणार्थ पेस गरेको छैन।  यसैले ढिला भएको हो।' कतै बजारमा हल्ला भए झैँ यो प्रक्रिया नै समस्यामा परेको त होइन भन्ने जिज्ञासामा उनले भने, 'हुन त रात रहे अग्राख पलाउँछ भन्ने उखान हाम्रो समाजमा त्यसै चलेको होइन। तर पनि हाम्रो यो प्रक्रियामा त्यसो हुँदैन भन्नेमा म विश्वस्त छु।'

अझै केही कुरा मिल्न बाँकी नै रहेको हो कि भन्ने प्रश्नको जवाफमा उनले खासै ठुला समस्या नरहेको र त्यस्तो मर्जर नै बिथोलिने विषय बाँकी नरहेको उनले स्पष्ट पारे।   

प्रतिक्रिया दिनुहोस