aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

ब्रोकरले दिए लगानीकर्तालाई यस्तो चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
Reliance life insurance
ब्रोकरले दिए लगानीकर्तालाई यस्तो चेतावनी
LBEF

काठमाडौं । लगानीकर्ताहरूको भुक्तानीमा अनेकौँ बाहान बाजी गर्ने ब्रोकरहरूले लकडाउनलाई आड बनाएर लगानीकर्तालाई चेतावनीपूर्ण धम्की दिएका छन् । तुरुन्तै रकम भुक्तानीको र कारोबार राफसाफको सुनिश्चित नभई कारोबार नगर्न लगानीकर्ताका नाममा सूचना नै जारी गर्दै ब्रोकर एसोसिएसनले अप्ठ्यारा कुरा गरेको हो ।

एसोसिएसनद्धारा बुधबार जारी सूचनामा ‘खरिद रकम तथा बिक्री गरिएको धितोपत्र टी+१ भित्र हस्तान्तरण गर्न सक्ने कुराको यकिन गरेर मात्र कारोबार गर्न हुन तथा टी+१ भित्र नै रकम तथा धितोपत्र हस्तान्तरण गरी जिम्मेवार लगानीकर्ताको कर्तव्य निर्वाह’ गर्न भनिएको छ । 

त्यसैगरि, सो सूचनामा अगाडी लेखिएको छ– लगानीकर्ताहरूले विद्युतीय माध्यमबाट रकम तथा मेरो शेयर मार्फत धितोपत्र भुक्तानी गर्न सक्ने व्यवस्थाको सुनिश्चितता गरेर मात्र कारोबारमा संलग्न हुन सूचित गरिन्छ । 

निशेषाज्ञाको अवधिमा लगानीकर्ताहरूले चेक मार्फत खरिद तथा भौतिक निर्देशन पुर्जी मार्फत बिक्री गरिएको धितोपत्र व्यवसायीहरूलाई उपलब्ध गराउन असहज हुने कुरा सूचनामा छ । 

प्रतिक्रिया दिनुहोस