aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार, केही भने दबाबमा (हेर्नुस्, कसको नाफा कति )

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
Reliance life insurance
वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार, केही भने दबाबमा (हेर्नुस्, कसको नाफा कति )
LBEF

काठमाडौं । बुधवारसम्म  सबै वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट सार्वजनिक गर्ने अधिकांश बैंकको अवस्था उत्साहजनक देखिएको छ । धेरै बैंकको खुद नाफा, ब्याज आम्दानी, वितरणयोग्य नाफा, प्रतिशेयर आम्दानी लगायतका महत्त्वपूर्ण सूचकहरूमा आकर्षक वृद्धि भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस्तो नाफा गत वर्ष यसै अवधिसम्म ३ अर्ब ३ करोड ६२ लाख ९३ हजार रुपैयाँ मात्र रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ७ दशमलव ७० प्रतिशत बढी हो । हालसम्म सर्वसाधारणमा शेयर जारी नगरेको यस बैंकको वितरण योग्य नाफा ३ अर्ब ४ करोड ३३ लाख ५२ हजार रुपैयाँ रहेको छ । 

सिटिजन्स बैंक 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष खुद नाफा ४१ दशमलव ६१ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ५४ करोड ५३ लाख ४० हजार रुपैयाँ यो नाफा गरेको हो । तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३४ करोड ६२ लाख ३० हजार रुपैयाँ रहेको छ ।  

नबिल बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले १६ दशमलव ५० प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ३ खर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो । यस अवधिमा वितरणयोग्य नाफा ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । 

एनआईसी एसिया बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनआईसी एसिया बैंक लिमिटेडले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको भन्दा यस वर्ष खुद नाफा २० दशमलव ९७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले २ अर्ब ५० करोड २४ लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो । तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ६ लाख ३ हजार रुपैयाँ छ । 

नेपाल बैंक 

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष बैंकले २ अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस्तो नाफा गत वर्षको यसै अवधिमा १ अर्ब ९९ करोड ६५ लाख ८३ हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १३ दशमलव ३१ प्रतिशत बढी भएको हो । यो अवधिसम्म बैंकको वितरण योग्य नाफा१ अर्ब ४७ करोड ४६ लाख ५२ हजार छ ।

प्रभु बैंक

प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष खुद नाफा ४४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकको यस्तो नाफा १ अर्ब ४६ करोड ४१ लाख ६१ हजार रुपैयाँ थियो । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा १ अर्ब ५९ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।   

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस्तो नाफा गत वर्षको यस अवधिसम्म ९४ करोड ३६ लाख ६१ हजार रुपैयाँ  थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ३५ दशमलव ९३ प्रतिशत कम भएको हो । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रहेको छ । 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड ५२ लाख ३८ हजार खुद नाफा गरेको छ । वैशाख १४ गते सार्वजनिक बैंकको उक्त अवधिको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा यस वर्ष ५४ प्रतिशत बढी  भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ३३ करोड ९९ लाख ८३ हजार रुपैयाँ नाफा गरेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ८३ करोड १४ लाख ४९ हजार छ । 

नेपाल बङ्गलादेश 

नेपाल बङ्गलादेश बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १ अर्ब ५० लाख १० हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ६३ करोड ८४ लाख ९ हजार रुपैयाँ नाफा गरेको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ९८ करोड ३२ लाख २९ हजार रुपैयाँ रहेको छ । 

माछापुच्छ्रे बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म १ अर्ब १६ करोड ६८ लाख ५५ हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १० दशमलव ६० प्रतिशत बढेको हो । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा ८४ करोड ६९ लाख ९ हजार रुपैयाँ छ ।

हिमालयन बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले १ अर्ब २८ करोड ७१ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म बैंकको यो नाफा २ अर्ब ३१ करोड ७१ लाख १३ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४४ प्रतिशत कम भएको हो । तेस्रो त्रैमाससम्म बैंकको  वितरणयोग्य नाफा ८४ करोड ७६ लाख ६६ हजार रुपैयाँ छ । 

एनसीसी बैंक

एनसीसी बैंकको नाफा गत वर्ष भन्दा यस वर्ष ५ दशमलव ५५ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष बैकले १ अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको हो । यो नाफा गत वर्ष यस अवधिसम्म १ अर्ब १६ करोड ५८ लाख ८५ हजार रुपैयाँ थियो । तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ८७ करोड ९३ लाख ९४ हजार रुपैयाँ छ ।

सानिमा बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४० करोड ९५ लाख २४ हजार रहेको छ । यस वर्ष बैंकले १४ दशमलव ६७ प्रतिशत बढी १ अर्ब ८५ करोड ६१ लाख ६९ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ६१ करोड ८७ लाख २१ हजार खुद नाफा गरेको थियो । 

एनएमबि बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि बैंकले २ अर्ब ५१ करोड ६४ लाख ८७ हजार खुद नाफा गरेको छ । बुधवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ८७ दशमलव ८० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ३३ करोड ९९ लाख ९२ हजार खुद नाफा गरेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने २ अर्ब २७ करोड ५७ लाख ८९ हजार रहेको छ । 

प्राइम कमर्सियल बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकको खुद नाफा गत वर्षभन्दा यस वर्ष ३८ दशमलव ७६ प्रतिशत बढेको छ । गत वर्ष २ अर्ब ३ करोड ६ लाख ७५ हजार खुद नाफा गरेको बैंकले यस वर्ष २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार यो नाफा गरेको हो । वितरण योग्य नाफा २ अर्ब २० करोड ४ लाख ५१ हजार रहेको छ । 

लक्ष्मी बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लक्ष्मी बैंकले १ अर्ब २८ करोड ८० लाख ८४ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म बैंकले १ अर्ब ८ करोड ९९ लाख ७७ हजार यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १८ दशमलव १८ प्रतिशत बढी भएको हो । बैंकको वितरणयोग्य नाफा यस वर्ष ८४ करोड ७६ लाख ३९ हजार रहेको छ । 

मेगा बैंक

मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ९७ करोड २७ लाख ५५ हजार खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ९५ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यो अवधिसम्म बैंकले रु. १ अर्ब ४५ करोड १० लाख ९० हजार खुद नाफा गरेको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब २९ करोड ७७ लाख ३० हजार छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मुनाफा ३२ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । यस अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ छ । 

बैंक अफ काठमाण्डू

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंक अफ काठमान्डुले नाफा बढाएको छ । बैंकले ८७ करोड ३४ लाख रुपैयाँको नाफालाई एक अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको हो । पछिल्लो तीन महिनामा मात्रै बैंकले ४६ करोड रुपैयाँ नाफा गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक 

नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा सामान्य बढेको छ । यस अवधिमा बैंकले २ अर्ब २९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.०९ प्रतिशत बढी हो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । 

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३९ प्रतिशत मात्र बढी हो ।चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

कुमारी बैंक

कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशत बढी हो । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

सनराइज बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सनराइज बैंकको खुदा नाफा २०.८५ प्रतिशतले बढेको छ । बैंकले एक अर्ब १३ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्ष नाफा ९३ करोड ५२ लाख रुपैयाँ थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३१ करोड ८३ लाख रुपैयाँ छ । 

स्टान्डर्ड चार्टर्ड बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ३४.३३ प्रतिशतले घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले पनि खुद नाफा घट्न दबाब पुगेको देखिन्छ । 

नेपाल एसबीआइ बैंक 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल एसबीआइ बैंकको नाफा घटेको छ । बैंकको नाफा ३८.९ प्रतिशतले घटेको हो । बैंकले ८७ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेञ्चुरी कमर्सियल बैंकको नाफा नाफा ३५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । बैंकले माघदेखि चैतसम्मको त्रैमासमा घाटा खाएको छ । यही कारण समग्र आर्थिक वर्षको नाफा प्रभावित भएको हो । एक त्रैमासमा १० करोड ८४ लाख रुपैयाँ घाटा खाएको छ । बैंकले अघिल्लो वर्ष ९१ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो ।

सिभिल बैंक
बैंकले समीक्षा अवधिमा ५० करोड २५लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।  जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९प्रतिशतले बढी हो । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ । 

 

प्रतिक्रिया दिनुहोस