aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

पूर्वमा भूकम्पको धक्का महशुस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
पूर्वमा भूकम्पको धक्का महशुस
Global IME
LBF

काठमाडौं । नेपालको पूर्वी भागमा भूकम्प धक्का महशुस गरिएको छ । बुधबार बिहान ८ बजेर ९ मिनेट जाँदा पूर्वी नेपालका केही भाग झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । त्यसको धक्का पूर्वी नेपालमा पनि महशुस भएको हो। भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। 

बुधबार विहान २ बजेको आसपासमा पनि काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस