बल्ल लाग्यो निगमको घैटोमा घाम - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

बल्ल लाग्यो निगमको घैटोमा घाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
Sunrise bank
बल्ल लाग्यो निगमको घैटोमा घाम
LBEF
NCH-IPS

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अब आफ्ना सबै जहाजको मर्मत आफैँ गर्ने भएको छ । यसका लागि निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज मर्मत गर्ने पार्ट १४५ को स्वीकृति प्राप्त गरेको जनाएको छ ।

स्वीकृतिपछि निगमले आफ्नो वाइडबडीको लाइन मर्मतसम्मको काम गर्न सक्नेछ । जहाजको मर्मतसम्भार अप्रोनमा गर्ने स्तरोन्नति लाइन मर्मतअन्तर्गत पर्दछ । पार्ट १४५ जहाज मर्मतसम्भार गर्ने संस्थालाई दिइने स्वीकृति हो । 

प्राधिकरणबाट प्राप्त भएको स्वीकृतिपछि वाइडबडीको मर्मतका लागि निगम अब आफैँ सक्षम भएको सहप्रवक्ता नवराज कोइरालाले बताउनुभयो । निगमले अब जहाज उड्नुअघि र अवतरणपछिको अनुगमन र मर्मत आफैँ गर्नसक्ने उहाँको भनाई छ । 'लामो समयको तालिमपछि निगमकै सक्षम इन्जिनियरले यसको मर्मत गर्नुहुन्छ,' उहाँले भन्नुभयो । 

वाइडबडीको मर्मत यसअघि बेलायतको बीसीटी नामक संस्थाले गर्दै आएको थियो । आगामी जुलाईदेखि यो काम निगम आफैंले गर्नेछ । निगमका अनुसार यस्तो कामबाट मासिक ६० लाख रुपैयाँ बाहिरिनुबाट बचत हुनेछ । गोरखापत्र दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस