लिफ्ट दिएर ट्रकभित्रै बलात्कार - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

लिफ्ट दिएर ट्रकभित्रै बलात्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
Sunrise bank
लिफ्ट दिएर ट्रकभित्रै बलात्कार
LBEF
NCH-IPS

काठमाडौं । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् ।बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् ।

ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ । उनीहरुले व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर बलात्कार गरेका थिए । 

विहान करिब १ बजेतिर भएको घटनापछि ट्रकले आफूलाई दमौली झारेको र आफू पोखरा पुगेपछि प्रहरीको सम्पर्कमा पुगेको महिलाको भनाइ छ। घटनालगत्तै प्रदेश प्रहरी कार्यालयको सूचनाका आधारमा तनहुँ प्रहरीले बीपी वन वाटिका मैदानमा रड अनलोड गर्दै गरेको अवस्थामा चालक र सहचालक दुवैलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

‘महिलाले आफूलाई ट्रकबाट झर्नै नदिएर बलात्कार गरेको बताएकी छन्,’ प्रहरी उपरीक्षक लामिछानेले भने, ‘आरोपितसँग बयान लिइरहेका छौं।’ उनका अनुसार महिलाले नाराणगढ आउनासाथ आफूलाई झारिदिन अनुरोध गरेकी थिइन्। तर चालक र सहचालक दुवैले उनलाई ट्रकबाट झर्न नदिएर जर्बजस्ती गाडि अघि बढाएका थिए।

पीडित ३० वर्षीया महिला विवाहित रहेको बताइएको छ। उनलाई आफन्त सम्पर्कमा आएपछि दमौलीस्थित महिला आश्रय गृहमा राखिएको छ। आश्रयस्थलमा रहेकी उनले आफूमाथि यस्तो होला भनेर कल्पनासम्म नगरेको बताइन्। 

‘बसले नरोकेपछि ट्रकलाई हात दिएँ। रोक्यो पनि।’ उनले भनिन्, ‘तर अप्ठेरो पर्दा लिफ्ट दिएका चालकबाट यस्तो होला भनेर सोचिन।’ उनले घटनामा चालक र सह चालक दुवै संलग्न रहेको आरोप लगाइन्। प्रहरीले महिलाको अवस्था सुधार नआउँदासम्म उनलाई आश्रयगृहमा राखिने बताएको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
 

प्रतिक्रिया दिनुहोस