लाभांश पारित गर्न शिवम सिमेन्टको भोलि साधारणसभा हुँदै - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

लाभांश पारित गर्न शिवम सिमेन्टको भोलि साधारणसभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
Sunrise bank
लाभांश पारित गर्न   शिवम सिमेन्टको भोलि साधारणसभा हुँदै
LBEF
NCH-IPS

काठमाडौं, वैशाख ८ । शिवम् सिमेन्टले गत वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न भोलि सोमबार तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीले लगानीकर्तालाई प्रतिशेयर १५.७९ प्रतिशतका दरले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गरेको थियो । उक्त लाभांश चैत २५ गतेसम्म शेयर कारोबार गरी वैशाख २ गतेसम्म कायम रहेका शेयर सदस्यले प्राप्त गर्ने छन् । 
 

प्रतिक्रिया दिनुहोस