२० वर्षमा जम्मा ४० देशबाट मात्रै भित्रियो लगानी - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

२० वर्षमा जम्मा ४० देशबाट मात्रै भित्रियो लगानी

  • मानमती पन्त
    मानमती पन्त
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
२० वर्षमा जम्मा ४० देशबाट मात्रै भित्रियो लगानी
LBEF
NCH-IPS

काठमाडौं । नेपालमा उद्योग दर्ता भएर वैदेशिक लगानीको प्रतिवद्धता आउन थालेको २० बर्ष पुगेको छ । पहिलो पटक २०४६ मा ४४ करोड १५ लाख रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आउने क्रम उच्च रहे पनि सोही अनुरुप लगानी भित्रन नसकेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउछ ।

सो अवधिमा करिब २ खर्व ८० करोड रुपैयाँको वैदशिक लगानी प्रतिवद्धता सहित कुल ४ खर्ब ५२ अर्वका उद्योग दर्ता भएका छन् । नेपालमा विदेशिले प्रतिवद्धता जनाएर उद्योग दर्ता गर्ने वास्तविक लगानी भने करिब १ खर्ब ७२ अर्व रुपैयाँ मात्र भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । 

ती उद्योगले नेपालका २ लाख ५२ हजार जनतालाई रोजगारी दिने समेत उद्योग विभागले उल्लेख गरेको छ । 

त्यसयता करिब २० बर्षको इतिहास अर्थात चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ९३ देशबाट २ खर्ब ७९ अर्ब ९५ करोड रुपैयाँ वैदेशिक लगानीे प्रतिवद्धता आएको छ । 

नेपालमा विदेशी लगानी उद्योगकर्ताले उद्योग विभागमा फर्म दर्ता गरेपनि सोही अनुरुप लगानी भने ल्याउन नसकेको सूचना अधिकारी विनोद खड्काले बताए ।

उनले भने ‘विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रमा लगानी गर्ने उद्योग विभागका कम्पनि दर्ता गर्छन्  तर त्यसको तुलनामा आधा लगानी पनि भित्रिएको हुदैन ।’

उद्योग विभागका ९३ देशका लगानीकर्ताले नेपालमा लगानी भित्र्याउने उद्देश्य सहित उद्योग दर्ता गरे पनि हाल सम्म ४० देशबाट मात्र लगानी भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

विभागका  तथ्याङ्क अनुसार नेपालमा सबै भन्दा बढी वैदेशिक लगानी भारतबाट आएको जानकारी दिए । हालसम्म भारतबाट ९३ अर्व ४९ करोड रुपैयाँको लगानीको प्रतिवद्धता सहित उद्योग विभागका कम्पनिमा दर्ता भएका छन् । 

त्यसै गरी सबै भन्दा कम लगानी गर्ने घाना रहेको छ । घानाबाट १० लाख १५ हजार मात्र लगानीको प्रतिवद्धता भएर उद्योग विभागमा कम्पनि दर्ता गराएको छ  । 

प्रतिक्रिया दिनुहोस