aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

स्पर्स लघुवित्तको नाफा ९५.६८ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
Citizen life
nabil bank
स्पर्स लघुवित्तको नाफा ९५.६८ प्रतिशत बढ्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवार चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ९५ दशमलव ६८ प्रतिशत बढी भएको छ । 

गत वर्ष रू. १ करोड ७९ लाख ६७ हजार खुद नाफा गरेको कम्पनीेले यस वर्ष रू. ३ करोड ५१ लाख ५९ हजार यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष सञ्चालन मुनाफा ४ दशमलव ८२ प्रतिशत बढी रू. २ करोड ३३ लाख ६४ हजार भएको छ । 

यस वर्ष खराब कर्जा संकलन ५ गुणा बढी भएकाले कम्पनीको नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष रू. ६२ लाख ३० हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ३ करोड १८ लाख ८६ हजार यो कर्जा संकलन गरेको छ ।

१९ दमशमलव ५० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ११ करोड २० लाख २९ हजार पुगेको कम्पनीको जगेडा कोष रकम रू. ४ करोड ७४ लाख ३२ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ८२ दशमलव ५६ प्रतिशत बढी भएको हो ।

कम्पनीले गत वर्षभन्दा ३१ दशमलव ६० प्रतिशत बढी रू. ३० करोड ३१ लाख ८२ हजार निक्षेप संकलन गरेको छ भने २२ दशमलव ४९ प्रतिशत बढी रू. १ अर्ब २५ करोड ३१ लाख २८ हजार कर्जा प्रवाह गरेको छ । यो वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा २३ प्रतिशत बढी रू. ८६ करोड ८७ लाख ६५ हजार कर्जा सापटी लिएको छ । 

खराब कर्जा संकलन बढेपनि कम्पनीको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ३३ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ९० प्रतिशत पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव ३४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस