aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

‘प्रभु पे को क्युआर कोडबाट सबैले भुक्तानी गर्न सक्छन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
Reliance life insurance
‘प्रभु पे को क्युआर कोडबाट सबैले भुक्तानी गर्न सक्छन्’
LBEF

अहिले जताततै क्युआर कोडको लहर छ । किराना पसलदेखि सब्जिमण्डीसम्म क्युआर कोडमय बनेको छ । यससँगै आम उपभोक्तामा भने अर्को समस्या थपिएको छ । त्यो हो, कति वटा कम्पनीको क्युआर कोड झुन्ड्याउने ? यस्तै क्युआर कोडको कारोबार गर्दै हिँड्ने एउटा कम्पनीले चाहिँ यो समस्याको समेत समाधान गरिसकेको छ । त्यही डिजिटल प्रविधिको क्षेत्रमा अरू भन्दा एक कदम अगाडी रहेको दाबी गर्ने प्रभु म्यानेजमेन्टको अध्यक्ष कुसुम लामासँग आर्थिक न्युज डटकमले प्रविधि वार्ता गरेको छ । प्रस्तुत छ सोही वार्ताको सम्पादित अंशः 

प्रभु टेक्नोलोजीले खास के काम गर्छ ?  

हामीले इन्क्लुसिभ डिजिटल फाइनान्सियल सोलुसनहरू दिइरहेका छौँ । हामी बजार केन्द्रित भएर काम गछौं । त्यसैले बैंकसमेत पुग्न नसकेको ठाउँमा हामी पुग्नु पर्छ भन्ने हाम्रो मुख्य लक्ष्यमा केन्द्रित भएका काम गर्दैछौं । त्यसबाहेक प्रभु म्यानेजमेन्टले सहकारीहरूलाई समेत डिजिटलाइज गर्ने काम गरिरहेका छ । कुनै पनि सहकारीको डिजिटल कारोबार गर्न सक्ने क्षमता बैंकको भन्दा कम नहोस् भन्ने हाम्रो उद्देश्य हो । 

सहकारीहरू त ग्रामीण क्षेत्रमा धेरै छन् नि ? कसरीका काम गर्नु हुन्छ ? 

हाम्रा कर्मचारीहरूले गाउँ गाउँमा गएर सहकारी सञ्चालकहरूलाई तालिम दिन्छन् । हाम्रो क्षेत्रीय कार्यालयहरूले त्यो कामको संयोजन गर्छन् । उल्लेखनीय कुरा अझ के हो भने हामी यस्ता तालिमबापत शुल्क समेत लिँदैनौँ । हामी किन यसो गर्दैैछौँ भने हाम्रो प्रारम्भिक आधार त रेमिट्यान्स हो । जुन स्थानीय मानिसहरूसम्म पुर्‍याउने काम तीनै सहकारीले गर्ने गर्छन् । 

हामीले देशको सुदूरपश्चिम भेगमा यस सम्बन्धी विशेष काम गरेका छौँ । महिला समूहहरूलाई तालिम दिएका छौँ । जहाँ नगद आफूसँग राख्नु अत्यन्तै ठुलो जोखिम हुन्छ । त्यस्ता दुर्गम गाउँहरूमा समेत डिजिटलाइज विधिबाट भुक्तानी लिने र दिने काम गराएका छौँ । 

उदाहरणका लागि एउटा किसानले दूध बेचेर प्राप्त गरेको नगद बोकेर घरसम्म जाँदा जुन जोखिम उसले बहन गर्छ त्यसबाट मुक्त गराउन हामीले डिजिटलाइज भुक्तानी गराउने काम गरेका छौँ ।  

मानिसहरूसँग वित्तीय पहुँच पुर्‍याउन काम गरिरहनु भएको छ होइन ? 

हो, तर, समस्या कहाँ छ भने वित्तीय साक्षरता भनेको के हो ? वित्तीय पहुँच भनेको के हो ? भन्ने जस्ता सामान्य विषय नै मानिसहरूले बुझेका छैनन् । यी सबै कुरा बुझाउँदा बैंकिङ कारोबार प्रतिको आकर्षण स्वतः हुने रहेछ । यसले अर्को के फाइदा गर्छ भने मानिसहरूले बैंकिङ कारोबारबाट प्राप्त हुने अवसरहरूबारे जानकारी पाउँछन् । 

हामीले इन्क्लुसिभ अर्थात् समावेशी वित्तीय पहुँच भनेको पनि के हो भने किनाराकृत र पछाडि परेका समुदायदेखि शारीरिक असक्षमता भएका मानिसहरू समूहलाई वित्तीय कारोबारका सहज हुने गरिएको प्रविधिको विकास भन्न खोजिएको हो । जस्तो उदाहरणको लागि दृष्टिविहिनहरुलाई बैंकमा गएर खाता खोल्दा पर्ने समस्याको समाधान कसरी गर्ने भन्ने कुरामा हाम्रो ध्यान हो । 

त्यस्तै अर्को कुरा अहिले मोबाइल बैङ्किङको खुब चर्चा छ । तर, मोबाइल बैंकिङ चलाउन आवश्यक पर्ने स्मार्ट फोन किन्न ग्रामीण क्षेत्रका मानिसहरू सक्षम छन् की छैनन् त ? यस्ता कुराहरूमा पनि ध्यान दिएर हामीले प्रविधिको विकास गर्ने कुरामा जोड दिई रहेका छौँ । 

हामीसँग कतिपय पूर्वाधारहरू नै अत्यन्तै कमजोर छन् । जसमा तपाइहरूले विकास गरेको प्रविधि कसरी चलाउने ? 

हाम्रो हकमा कुरा गर्नु हुन्छ भने हामीले विकास गरेको प्रविधिलाई प्रयोग गर्न आवश्यक पर्ने पूर्वाधार हामी आफैले विकास गरेको छौँ । हामी के दाबी गछौं भने नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदान गर्न हामीलाई दिएको पेमेन्ट सर्भिस प्रोभाइडर (पिएसपी) लाइसेन्सको यदि सही सदुपयोग गरिएको छ भने त्यो प्रभु पे ले मात्रै गरेको छ । हामीले बैंकले समेट्न नसकेका मानिसहरूलाई डिजिटलाइज प्लेटफर्ममा ल्याएर सेवा दिइरहेका छौँ । 

यस्तो सेवा दिने तपाइहरू मात्रै त होइन, धेरै छन् । अब आम सर्बसाधरणले कुनसँग जोडिएर सेवा लिने भनेर कसरी छनौट गर्ने ? 

अहिलेसम्म धेरैले बिजुली, बत्ती, पानी, बच्चाको फी तिर्ने लगायतका आफ्ना छनौटका सेवाहरू दिँदै आएका छन् । तर, अब खासमा प्रयोगकर्तालाई के चाहिएको छ त्यो खोज्ने बेला हो । यसरी मलाई चाहिएको सेवा कुन कम्पनीले पुरा गर्दैछ भन्ने खोज्दा प्रयोगकर्ता आफै सही छनौट गर्ने अवस्थामा पुग्छन् । हामी ढुक्क छौँ । यही विधिबाट नै  अर्थात् आफूलाई काम लाग्ने सेवा दिने कम्पनी खोज्ने क्रममा प्रयोगकर्ताहरू प्रभु पे सम्म आइपुग्छन् । 

यस्तो दाबी के को आधारमा गर्दै हुनुहुन्छ ? 

म पहिले तपाईलाई एउटा उदाहरण दिन्छु– मानौँ एउटा कुनै फुटबल म्याचको टिकट प्रभु पे मार्फत खरिद गरेको छ भने हामी दर्शक रंगशालामा छिर्‍यो कि छिरेन मात्र होइन कि आफ्नो सिटमा बसेको छ की छैन भनेर समेत सूचना लिने काम गछौं । त्यो हामीसँग भएको आफ्नै क्लाउड सिस्टमका कारण सम्भव भएको हो । यसरी पुर्णतयाः ट्रयाकिङ गर्न सक्ने प्रविधि हामीसँग मात्रै भएको कारण यस्तो दाबी गरिएको हो । अरूले पनि पछि गर्लान् तर, अहिलेसम्म हामी मात्रै छौँ । 

सधैँ एक कदम अगाडी भन्ने भन्ने हाम्रो जुन नारा छ यसलाई निरन्तरता दिँदै हामी अरू भन्दा अगाडी नै हुन्छौ र रहने प्रयत्न पनि गर्छौ । यसबाहेक अर्को पनि कुरा छ की हामी भिडमा छिर्न जाँदैनौं । अर्थात् अरूले गरेको काम होइन त्यो भन्दा अलग काम गर्छौ । जहाँ त्यो काम गर्ने हामी मात्रै हुन्छौँ । 

अहिले क्युआर कोडको लहर नै चलेको छ । अब प्रयोगकर्ताहरुले कति वटा कम्पनीको क्युआर कोड बोकेर हिँड्ने ? 

हो, प्रभुको आफ्नै क्युआर कोड छ । खल्ती, आईएमई, फोन पे सबैले आ–आफ्नै क्युआर कोड लन्च गरेका छन् । जसका कारण प्रयोगकर्तालाई अफ्ठेरो परेकै छ । त्यसको समाधान पनि प्रभु ले नै ल्याएको छ । हामीले एससिटि मार्फत युनिफाइड (एकीकृत) कोड प्रयोगमा ल्याएका छौँ । जसले जुनसुकै क्युआर कोडमा प्रयोग गरे पनि एउटै आउँछ । 

त्यसैले हाम्रो यो कामका कारण कुनै ग्राहकले पसलमा गएर समान खरिद गरेपछि जुनसुकैबाट पनि भुक्तानी गर्न मिल्छ । हामी यस्तो कोडलाई सर्वसुलभ बनाउनका लागि धेरै भन्दा धेरै सेवा प्रदायकहरूलाई एससिटिको युनिफाइड प्रणालीमा जोड्ने क्रममा छौँ । यसो गर्दा व्यापारीलाई पनि समस्या भएन । उता, भुक्तानीको सेटलमेन्टमा पनि कुनै जटिलता हुँदैन । 

यसरी सबै हाम्रा कारोबारहरू क्लाउडमा पठाउँदा सुरक्षाको चिन्ता बढ्दैन र ? 

राष्ट्र बैंकले क्लाउडमा के के लाने र के के नलाने भनेर वर्गीकरण गरिदिएको छ । जस्तो की, कसैको वित्तीय तथ्याङ्क, व्यक्तिगत विवरण (केवाईसी) आदी क्लाउडमा पठाउन पाइँदैन । अहिले पीएसपीलाई  क्लाउडमा जान दिइरहेको छैन । तर, एसएमएसलाई भने जान दिन्छ । त्यसैले सुरक्षाको चिन्ता गरिहाल्नु पर्ने अवस्था छैन । 

प्रयोगकर्ताहरू नेपालमै बनेको सफ्टवेयरलाई विश्वास गर्दैनन् । यसको विश्वास कसरी दिलाउने ? 

यही त गाह्रो छ । हाम्रै सरकारी निकायमा समेत कुनै विदेशी दाताले यो सफ्टवेयर लगाऊ त्यसका लागी यति पैसा दिन्छौ भन्यो भने स्वीकार गर्छन् । तर, हामी नेपाली सफ्टवेयर निर्माताहरुले हामी निशुल्करुपमा यो बनाईदिन्छौं भन्यो भने त्यो लिन तयार हुँदैनौँ । 

हाम्रो अनुभवको कुरा गर्नु हुन्छ भने नेपाल विद्युत् प्राधिकरणलाई हामीले उपलब्ध गराएको सफ्टवेयरले अहिले काम गरिरहेको छ । त्यो सफ्टवेयर बनाउने मात्रै होइन यो आवश्यक छ भनेर बुझाउनेदेखि प्रयोगकर्तालाई तालिम दिनेसम्म काम हामीले नै गर्‍यौ । अझ रोचक त यो छ विद्युत् प्राधिकरणले भुक्तानी लिन प्रयोग गरिरहेको सफ्टवेयर सञ्चालनका लागि आवश्यक सर्भरसमेत हामीले नै किनेर दियौँ । यी सबै काम हामीले निःशुल्क गर्‍यौँ । 

तपाई निर्माताहरू त राम्रो छ भन्नुहुन्छ । के यसको अडिट पनि हुन्छ ? 

अहिले अडिट गर्नै पर्ने हुन्छ । राष्ट्र बैंकले त्यो गर्न लगाउँछ । आजका मितिमा वित्तीय संस्थाहरूको मेरो दण्ड नै सूचना प्रविधि अथवा आइटी बनेको छ । यदि त्यसको नै अडिट भएर भने कुरा सकिएन । त्यसैले अडिट हुन्छ ।

प्रतिक्रिया दिनुहोस