aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

डेढ करोडभन्दा बढी खराब कर्जा उठाएको मिर्मिरे लघुवित्तको नाफा करिब पाँच गुणा बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
Citizen life
nabil bank
डेढ करोडभन्दा बढी खराब कर्जा उठाएको मिर्मिरे लघुवित्तको नाफा करिब पाँच गुणा बृद्धि
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस वर्ष गत वर्षभन्दा ४ दशमलव ९२ गुणा बढी खुद नाफा कम्पनीको भएको छ । गत वर्ष रू. २ करोड ९९ लाख ३६ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १४ करोड ७५ लाख २ हजार यो नाफा गरेको हो । 

कम्पनीले यो त्रैमाससम्म रू. १ करोड ५८ लाख ८७ हजार खराब कर्जा संकलन गरेको छ । जसले गर्दा खुद ब्याज आम्दानी बढेको छ । गत वर्ष रू. ११ करोड १७ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २९ करोड ३४ लाख १० हजार गरेको छ । यस वर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएकाले कम्पनीको नाफामा उल्लेख्य बृद्धि देखिएको हो । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. २ करोड ९४ लाख ४६ हजार सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएको थियो ।

सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याउदा कम्पनीको सञ्चालन मुनाफा यो वर्ष ६ दशमलव ४१ गुणा बढेको छ । गत वर्ष रू. ३ करोड ४० लाख १५ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. २१ करोड ८२ लाख ४३ हजार यो मुनाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ८९ लाख २६ हजार रहेको छ भने जगेडा कोष रकम रू. २५ करोड ६२ लाख ८२ हजार छ । यस वर्ष कम्पनीले रू. १ अर्ब ८७ करोड ६७ लाख ३१ हजार निक्षेप संकलन गरेको छ भने रू. ६ अर्ब ५० करोड ४७ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ । 

कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष ९६ प्रतिशत र कर्जा प्रवाह १५९ दशमलव २९ प्रतिशत बढी भएको हो । यो अवधिसम्म कम्पनीले विभिन्न संघ संस्थाबाट रू. ४ अर्ब २२ करोड ९ लाख ९० हजार कर्जा सापटी लिएको छ । गत वर्षभन्दा यस वर्ष निष्क्रिय कर्जा बढेको छ ।
 
गत वर्ष १ दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष २ दशमलव २६ प्रतिशत पुगेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४९ दशमलव ६५ र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव २९ रहेको छ । यो अवधिसम्म कम्पनीले २६ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस