aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

एभरेष्ट बैंकको नयाँ शाखा दमौलीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
एभरेष्ट बैंकको नयाँ शाखा दमौलीमा
LBEF

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दमौलीमा आफ्नो १०३ औं शाखाको शुक्रबार उद्घाटन गरेको छ । ब्यास नगरपालिकाका मेयर  बैकुण्ठ न्यौपाने,  बैंकको गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा दमौली, तनहु शाखाको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा बैंकले कन्ट्याकलेस पेमेन्टलाई प्रबद्र्घन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्युआर कोड पनि हस्तान्तरण गरिएको छ । 

बैंकका हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय, १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । 

साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस