aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

संस्थापक शेयरधनीहरुबाट चुक्ता नभएको शेयर लिलामीमा विक्री गर्दै सारथी नेपाल लघुवित्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
संस्थापक शेयरधनीहरुबाट चुक्ता नभएको शेयर लिलामीमा विक्री गर्दै सारथी नेपाल लघुवित्त
LBEF

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरुबाट चुक्ता नभएको बाँकी ४ हजार १५८ दशमलव ५० कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले बैशाख १७ गतेदेखि २४ गतेसम्म उक्त शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गर्दै शुक्रवार सुचना सार्वजनिक गरेको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुदाँ सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम न्युनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र रितपूर्वक प्राप्त आवेदनहरुमध्य सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिनेछ । प्राप्त बोलपत्र बैशाख २६ गते विहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा खोलिने जानकारी कम्पनीले गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस