aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेशनल माइक्रोफाइनान्सको ५० हजार कित्ता संस्थापक शेयर बैशाख १३ गतेदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
नेशनल माइक्रोफाइनान्सको ५० हजार कित्ता संस्थापक शेयर बैशाख १३ गतेदेखि लिलामीमा
LBEF

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर बैंशाख १३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले जेठ १६ गतेसम्म उक्त शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता १ हजार २०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । 

शेयर बाँडफाँट गर्दा सबैभन्दा पहिला विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई बढी बोलकबोल गर्ने आवेदकलाई विक्री गरिनेछ । शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस