aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

रिलायन्स फाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
रिलायन्स फाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन
LBEF

काठमाडौं । शुक्रबार नेप्सेले रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको बुधवार कायम अन्तिम मूल्य २८८ रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य २६२ रुपैयाँ तोकेको हो । 

यस वर्ष कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले बैशाख २२ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभा प्रयोजनका लागि बैशाख १० गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो ।
 
बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् । हाल कम्पनीको चुक्तापूँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ६ दशमलव ५८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस