aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

डाइपरमै छ यत्रो खर्च, कसरी हुन्छ व्यापार घाटा कम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
डाइपरमै छ यत्रो खर्च, कसरी हुन्छ व्यापार घाटा कम ?
LBEF

काठमाडौं । बच्चालाई पटक पटक कपडा चेञ्ज गर्नुको झन्झटबाट बच्नको लागि आजकल धेरैजसो अभिभावकले डाइपर लगाइदिने गर्छन । पहिला पहिला सुतीको कपडाबाट बनेको नेपकिनको सट्टा बजारमा पाइने डाइपरको प्रयोग बढि रहेको छ ।

लिकप्रुफ डाइपर कतै बाहिर निस्कँदा या राती सुत्दा लगाउँदा सजिलो हुने भएकोले धेरैजसो महिलाहरुले यसको प्रयोग गर्ने गर्छन् । तर, धेरै जसोले बच्चालाई लामो समयसम्म दिनभरी या पुरै रात डाइपर लगाइदिने गरेको पाइन्छ । यसो गर्दा बच्चाको स्वास्थ्यलाई असर चिकित्सकहरुको भनाइ रहेको छ । 

यसले बच्चाको स्वास्थ्यलाई असर गर्दछ भन्ने जान्दा जान्दै पनि चालु आर्थिक बर्षको चैतसम्म मात्र एक अर्ब ३० करोड बराबर रुपैयाँको डाइपर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको तथ्याकं अनुसार ८ करोड ५७ लाख २८ हजार बराबरको पिस नेपाल भित्रीएको छ । हरेक बर्ष नेपालले डाइपर आयात गरेसंगै निर्यात पनि गर्दै आएको छ । चालु आर्थिक बर्ष मात्र नेपालले २ करोड ७५ हजार बराबरको निर्यात गरेको छ । जसमा ४२ लाख ५ हजार रुपैयाँ बराबरको पिस निर्यात भएको छ । 

विभागको तथ्याकंमा नेपालमा १० वटा देशभन्दा बढी देशबाट डाइपर आयात हुने गरेको छ भने निर्यात भारतमा मात्र हुने गरेको छ । चालु आव आयात भएका देशहरु चीन, भारत, अष्टेलिया, अष्ट्रिया, डेनमार्क, हङकङ, मलेशिया, नेदरल्यान्ड, पाकिस्तान, सिंगापूर, थाइल्याण्ड, टर्की, युनाइटेड अरब र युनाइटेड स्टेट हुन् । 

यी देशहरुमध्ये चालु आवको चैतसम्म सबैभन्दा बढी डाइपर आयात भारतबाट भएको छ । जसमा १ अर्ब १८ करोड ३८ लाख बराबर रुपैयाँको डाइपर भारतबाट मात्र आयात भएको छ । त्यसमा ७ करोड ९७ लाख १५ हजार बराबरको पिस आयात भएको छ । भने ती १० वटा देश मध्ये टर्कीबाट सबैभन्दा कम एक पिस मात्र एक हजार रुपैयाँको आयात भएको छ । 

बच्चालाई पुरै दिन डाइपर लगाइ दियौ भने, आधा आधा घन्टामा चेक गर्ने वानी बसाल्ने गर्नु पर्ने हुन्छ । लामो समयसम्म लगाइदिँदा बच्चालाई युरिनरी ट्रेक इन्फेक्सन र अन्य बिरामीको खतरा हुन सक्छ । प्लास्टिकको अलवा डाइपरमा अन्य टक्सिन्स जस्तैः कृत्रिम रंग, वास्नाको लागि केमिकल्स, सोडियम पोलिक्राइलेट, डाइअक्सिन्स तथा फेथलेट्स हुन्छ । जसको कारण बच्चालाई दम, हर्मोनल असन्तुलन र क्यान्सर हुन सक्ने बाल बिशेषज्ञ डाक्टरहरु भनाई छ । 

डाइपरमा भएको कृत्रिम रंगले बच्चालाई एलर्जी हुने गरेको चिकित्सकहरुले बताउने गरेका छन् । कुनै डाइपरमा इथाइलबेन्जीन, टल्युइन र जाइलिन जस्ता वोलेटाइल अर्गानिक कम्पाउन्ड हुन्छ । यानी वातावरणमा हानीकारक बाफ बन्ने जैविक तत्वहरु उत्पादन हुने गर्दछन् । जसबाट न्युरोलोजिकल समस्या, आँखाको समस्या र इम्युनिटी कमजोर हुने खतरा हुन सक्छ । बच्चाको स्वास्थ्यका साथै पर्यावरणलाई पनि हानी पु¥याउँने डाइपरको आयात भने बर्षेनी बढि नै रहेको तथ्याकंले देखाउछ । 
 

प्रतिक्रिया दिनुहोस