aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

एनआईबीएल–हिमालयन मर्जरः आजको बैठकले गाँठो खोल्ने, अर्को हप्ता हस्ताक्षर हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
एनआईबीएल–हिमालयन मर्जरः आजको बैठकले गाँठो खोल्ने, अर्को हप्ता हस्ताक्षर हुने
LBEF

काठमाडौ। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन  बैंकबिच हुने भनिएको चर्चित मर्जर प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। शुक्रवार बस्ने यी दुई बैंकको मर्जर कमिटीको बैठकले सबै कुरा टुङ्ग्याएर अर्को हप्ता सम्झौतामा हस्ताक्षर गर्ने योजना सहित काम भइरहेको हो। 

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए अनुसार अब धेरै ठुला विषयहरू बाँकी छैनन्। ुस्वाप रेसियोमा कुनै समस्या छैन। लगभग हाम्रो अनुपात नै मिलाउनुपर्ने खालको अवस्था पनि होइन। केही साना कुरा छन् जुन आजको बैठकले किनारा लाउँछ।ु पाण्डेले अगाडी थपे, ‘अब अर्को हप्तामा सम्झौतामा सही हुन्छ।’

अब यी दुईको बिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अर्थात् मर्जपछि नयाँ बैंकको इक्युटी ५० अर्वको हुने समेत पाण्डेले बताए। यसो हुँदा सो बैंक आकारको दृष्टिले समेत नेपालको सर्वाधिक ठुलो बन्दैछ। चैत दोस्रो हप्ता नै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबिचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको थियो । बैंकहरूले मर्जरमा जाने तयारी गरे पनि बैंकको नाम र शेयर स्वाप रेसियो भने बोर्ड बैठकपछि मात्रै तय हुने उनले बताए । नयाँ बन्ने बैंकको नामले दुवै बैं)कको नामको पहिचान कायम राख्ने छ । मर्जरपछि बैङ्कको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहन सक्ने इन्भेष्टमेन्ट बैंकका अर्का सञ्चालकले दाबी गरे । 

दुबै बैंकका सञ्चालक समितिले स्वाप रेसियो पास गरेर राखिसकेका छन् अब दुबै बैंकको मर्ज कमिटिले स्वाप रेसियोलाई फाइनल गरेपछि मर्जको लागि पहिलो सम्झौता हुन्छ उनले भने । 

यसअघि नै नेपाल इन्भेस्टमेन्ट र हिमालयनको चलाचल सम्पत्ति दायित्व मूल्याङ्कन (डीडीए) एक अर्काले सम्पन्न गरेर बोर्डबाट पारित समेत गरिसकेका छन् ।  नेपाल इन्भेस्टमेन्टले दुई महिना पहिला नै डीडीए फाइनल गरेर बसेको थियो । डीडीएमा जस्तो रिपोर्ट आए पनि दुवै बैंकले समान स्वाप अनुपात पाउन सक्ने सम्भावना रहेकोमा दुवै पक्ष ढुक्क थिए । 

दुवै बैंकको डीडीए रिपोर्ट आइसकेकाले बोर्ड बैठकपछि व्यवस्थापनको संरचनाबारे सहमति हुनेछ । दुई बैंक मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणा बन्न सक्ने छन् भने बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे बन्न सक्ने अनुमान गरिएको छ । 

मर्जरपछि बैङ्कको चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुनेछ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । यी दुई बैंंक मर्जरमा गएपछि नेपालकै सबैभन्दा ठूलो बैंक बन्नेछ । 

प्रतिक्रिया दिनुहोस