aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

तीन कम्पनीको संस्थापक शेयर लिलामीमा आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
तीन कम्पनीको संस्थापक शेयर लिलामीमा आउँदै
LBEF

काठमाडौं । बैशाख १६ गतेदेखि दुई लघुवित्त कम्पनी सहित तीन कम्पनीको संस्थापक शेयर लिलामीमा आउँने भएको छ । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, ग्रामिण  विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको  कुल १ लाख १९ हजार ८३९ कित्ता संस्थापक शेयर लिलामीमा आउँन लागेको हो ।

कुल कित्तामध्य आरएमडिसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामिण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेको छ । यी शेयर खरिदका लागि इच्छुक योग्य लगानीकर्ताहरुले जेठ ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

उल्लेखित शेयरमा बोलकबोल गर्नका लागि आरएमडिसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ४९८ रुपैयाँ, ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता ४०० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको प्रतिकित्ता ३२१ रुपैयाँ तोकिएको छ । 

तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरेको बोलकबोल मात्र बाँडफाँटमा सहभागी गराईने कम्पनीको भनाई छ । यो शेयरमा बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । यी शेयर विक्री प्रबन्धकमा प्रभ् क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस