aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेपालबाट धमाधम अक्सिजन भारततिर

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
नेपालबाट धमाधम अक्सिजन भारततिर
LBEF

काठमाडौं । कोभिड १९ संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वातै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यसँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए ।

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे पनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएकालाई अक्सिजन दिनुपरिरहेको छ । ‘यहाँ पनि अक्सिजन अभाव हुने जोखिम देखेर हाम्रा व्यवसायीहरुलाई निकासी नगर्न आग्रह गरेका छौं’, संघका अध्यक्ष घिमिरेले भने ।

संघले मंगलबार आफ्ना साधारण सदस्य र आजीवन सदस्यलाई छिट्टै अक्सिजन अभाव हुन सक्ने भन्दै अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेबुलाइजर, हाइ फ्लो अक्सिजन क्यानुला र अक्सिजनसँग सम्बन्धित सामग्री निर्यात नगर्न सूचना जारी गरेको हो जसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयमा समेत पठाइएको छ ।

त्रिपुरेस्थित अक्सिजन ट्रेड लिंकका सञ्चलक सोहेल श्रेष्ठले गएको सातादेखि अक्सिजनबारे सोधखोज गर्ने र किन्ने ग्राहक बढेको बताए । उनी इलेक्ट्रिक अक्सिजन कन्सन्ट्रेटर बिक्री गर्छन् । 

प्रतिक्रिया दिनुहोस