aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने ३६ वर्षीय राई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ बैशाख २०७८
Reliance life insurance
युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने ३६ वर्षीय राई पक्राउ
LBEF

काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रशरीले पक्राउ गरेको छ । युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोमगा काठमाडौं महानगरपालिका १६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका ३ घर भएका ३६ वर्षीय भरत प्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

ग्रायान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  

राईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस