aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

निर्यातमा उत्साहजनक निरन्तरता, आयात बढ्नेक्रम पनि रोकिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ बैशाख २०७८
Reliance life insurance
निर्यातमा उत्साहजनक निरन्तरता, आयात बढ्नेक्रम पनि रोकिएन
LBEF

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनासम्म पनि निर्यात वृद्धिले निरन्तरता पाएको छ । भन्सार विभागका अनुसार चैत महिनामा फागुन महिनाको तुलनामा १२.३९ प्रतिशतले निर्यात वृद्धि भएको हो ।

विभागका अनुसार चैत महिनामा नेपालबाट निर्यात भएका वस्तु तथा सेवाको हिस्सा नेपालको कुल वैदेशिक व्यापारको २०.२३ प्रतिशत रहेको छ । अघिल्लो महिना निर्यातले ७.८४ प्रतिशत हिस्सा मात्र ओेगटेको थियो ।

निर्यातमा निरन्तर वृद्धि र आयातमा पनि वृद्धि भएको देखिँदा यो नौ महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च वृद्धि आएको तथ्यांकले देखाएको छ । जसमा वैदेशिक व्यापार घाटा १२.४९ समेतमा उच्च वृद्धि देखाएको छ । 

यस महिनाको कुल वस्तुको निर्यात ९ खर्व ४७ अर्व ६७ करोड बराबरको भएको छ । तर फागुन महिनामा वस्तु निर्यातमा ८ खर्व ७ अर्व ७८ करोडको हाराहारीमा भएको थियो । यो अवधीमा आयात भने ११ खर्व ११ अर्ब ३९ करोड बराबरको भएको छ । 

अघिल्लो महिना आयात ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँको भएको थियो । यो महिना १३.१२ ले आयात बढेको छ । सोहीकारण बैदेशिक व्यापार घाटामा कुल १२.४९ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक बर्षको चैत महिनामा व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको रहेको छ । अघिल्लो महिना व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ थियो । निर्यातमा भएको वृद्धिले कारण कुल वैदेशिक व्यापारको आकार समेत बढेको छ । चालु आर्थिक बर्षको चैत महिनासम्म कुल १२ खर्ब ६ अर्ब १६ करोडको वैदेशिक व्यापार भएको छ । फागुन महिनाको कुल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोडको रहेको थियो । यो महिना कुल आकार नै १३.६४ प्रतिशतले बढेको छ । 

यस्तो रह्यो चैत महिनाको वैदेशिक व्यापार

आयात : ११ खर्व ११ अर्ब ३९ करोड (१३.१२ प्रतिशत वृद्धि)

निर्यात : ९ खर्व ४७ अर्व ६७ करोड (२०.२३ प्रतिशत वृद्धि)

व्यापार घाटा : १० खर्ब १६ अर्ब ६२ करोड (१२.४९ प्रतिशत वृद्धि)

कुल वैदेशिक व्यापार : १२ खर्ब ६ अर्ब १६ करोडको (१३.६४ प्रतिशत वृद्धि)

वैदेशिक व्यापारमा आयातको हिस्सा : ९२.१४ (०.४७ प्रतिशत गिरावट)

वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ७.८६ (५.८० प्रतिशत वृद्धि)
 

प्रतिक्रिया दिनुहोस