आईसीसी विश्वकप क्रिकेटः आज दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

आईसीसी विश्वकप क्रिकेटः आज दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
आईसीसी विश्वकप क्रिकेटः आज  दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा
LBEF
NCH-IPS

काठमाडाैं । इङ्ग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजेदेखि दी रिर्भरसाइड दुर्हाम क्रिकेट मैदानमा शुरु हुने छ ।

आजको खेलमा अफ्रिकालाई पराजित गर्दै श्रीलंका आफ्नो अन्तिम ४ को सम्भावना बलियो बनाउने योजनामा रहेको छ । अहिले श्रीलंका अंक तालिकामा ७ औं स्थानमा छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ । यता, अफ्रिकाका भने विश्वकपको नवौं स्थानमा छ । नवौं स्थानमा रहेको अफ्रिकाले ७ खेलबाट ३ अंक मात्रै बनाउन सकेको छ ।

अफ्रिकालाई रोक्ने लक्ष्यमा रहेको श्रीलंकाभन्दा माथि एक–एक अंक धेरै बनाएका बंगलादेश र पाकिस्तान रहेका छन् । उनीहरु क्रमश ः छैठौं र सातौं स्थानमा समान ७ अंकसहित रहेका छन् ।

आजको खेलमा जीत हात पारेको खण्डमा श्रीलंका यी दुवै टोलीलाई उछिन्दै चौथो स्थानमा रहेको इङ्ग्ल्यान्डसँग अंक बराबरी गर्नेछ भने राम्रो रनरेटले अफ्रिकालाई पराजित गर्न सके शीर्ष चौथो स्थानमा पुग्नेछ ।

विश्वकपमा आफ्नो प्रदर्शन सुधार्न नसकेको दक्षिण अफ्रिका आजको खेलमा श्रीलंकालाई रोक्ने योजनामा रहेको छ । तर, अहिलेसम्म अफ्रिकाले विश्वकपमा बलियो टोलीका रुपमा स्थापीत गर्न नसक्दा तुलनात्मक रुपमा श्रीलंकाभन्दा मनोवैज्ञानिक रुपमा कमजोर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस