मर्जरमा नगए हकप्रद जारी नगरी चुक्ता पुँजी १६ अर्ब पुर्याउनुपर्ने - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike
बैंकहरुलाई बिग मर्जरको तनाव

मर्जरमा नगए हकप्रद जारी नगरी चुक्ता पुँजी १६ अर्ब पुर्याउनुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं  । स्वतस्फूत रुपमा मर्जरमा जान बैंकरहरु तयार नदेखिए मर्जरमा जान बाध्य पारिने गरी आगामी मौद्रिक नीति ल्याउने तयारी नेपाल राष्ट्र बैंकले गरेको छ । हकप्रद वितरण नगरी आगामी दुई वर्षभित्र १६ अर्ब चुक्ता पुँजी पुर्याउने गरी मौद्रिक नीति ल्याउँदा बाध्य भएर बैंकहरुमा मर्जरमा जाने र संख्या पनि घट्ने भएकाले राष्ट्र बैंकले यस्तो तयारी गरेको हो । 

यसअघि २ अर्बबाट ८ अर्ब चुक्ता पुँजी पुर्याउने नीति ल्याउँदा हकप्रद जारी गरेर पनि चुक्ता पुँजी पुर्याउन सकिन्छ भन्ने प्रावधान राख्नु नै गल्ती भएको राष्ट्र बैंकको ठहर छ । हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी बढाउन सकिने प्रवधान राख्नु गल्ती भएको भन्दै अब त्यस्तो प्रवधान हटाएर बोनस वा मर्जरबाट १६ अर्ब चुक्ता पुर्याउने नीति ल्याउन लागेको हो ।

दुई वर्षअघि बैंकको संख्या घटाउने गरी ल्याएको चुक्ता पुँजी वृद्धिको नीतिमा हकप्रदको प्रावधान नराखिएको भए वाणिज्य बैंकको संख्या आधामै झर्ने थियो । तर, भटाभट हकप्रद शेयर जारी गर्छन र पुँजी ८ अर्ब पुर्याउँछन् भन्ने नै लागेको थिएन राष्ट्र बैंकका एक उच्च अधिकारीले भने–‘अहिले त्यस्तो गल्ती गर्ने पक्षमा छैनौ ।’

हकप्रद शेयर जारी नगरी १६ अर्ब पुर्याउन सबै बैंकहरु सक्दैनन् । सात, आठ वटा बैंकले बोनसबाट चुक्ता पुँजी १६ अर्ब पुर्याए पनि अन्यले पुर्याउन सक्दैनन् । चुक्ता पुँजी पुर्याउन नसक्ने बैंकहरु स्वतः मर्जरमा जानुपर्ने बाध्यता हुन्छ । त्यसैले पनि राष्ट्र बैंकले यो पछिल्लो नीति ल्याउन लागेको ती उच्च अधिकारीले बताए ।

राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले बिहीबार बैंकरहरुलाई बोलाएर १५ दिनभित्र मर्जरका लागि उपयुक्त पार्टनर खोज्न निर्देशन दिए पनि तत्काल मर्जरको प्रस्ताव लिएर जान सक्ने अवस्थामा बैंकरहरु छैनन् । गभर्नर नेपालले बैंकरको त्यस्तो कदमलाई बिज्ञहरुले बैंकरको नाडी छाम्ने काम मात्र गरेको टिप्पणी गरेका छन् ।

मर्जरमा जान आफूले समय दिएको जस्तो पनि हुने भएकाले पनि गभर्नर नेपालले त्यस्तो निर्देशन दिएका हुन् । बैंकरहरुले पनि तत्कालै बिग मर्जर सम्भव नभएको बताएका छन् । 

विवाहको पार्टनर खोज्न त महिनौ लाग्छ, मर्जरजस्तो गहन बिषयमा सात दिनभित्र पार्टन खोज्न भन्नु आकाशको फल टिपेर ल्याउ भनेजस्तै भएको बैंकरहरुको भनाइ छ । 

गभर्नर चिरन्जीवी नेपालले उपयुक्त पार्टनर खोजेर मर्जरमा जान निर्देशन दिएसँगै बैंकरहरु तनावमा छन् । राष्ट्र बैंकले असारको अन्तिममा ल्याउने र त्योभन्दा अघि नै उपयुक्त पार्टन खोज्न निर्देशन दिएपछि बैंकर तनाब देखिएका हुन् ।

गभर्नर नेपाल सामुन्ने मर्जरमा जान नसकिने प्रतिक्रिया दिन नचाहे पनि त्यहाँबाट निस्केपछि उनीहरुले अनौचारिक कुराकानीमा तत्काल सम्भव नभएको बताएका थिए । गभर्नर नेपाललाई पनि मर्जरको पार्टन खोज्न बैंकरहरुले सक्दैनन भन्ने नै छ । तर, पनि उनले पार्टनको कार्ड प्याकेका मात्र हुन् । त्यो कार्डले काम नगर्ने निश्चित छ । 

आफूले मर्जरमा जानका लागि पार्टनर खोज्न समय दिएको जस्तो पनि हुने भएकाले पनि यस्तो रणनीतिमा गभर्नर नेपाल लागेका हुन् । तर, उनले संख्या घटाउने उपयुक्त उपाय चुक्ता पुँजीको बृद्धिलाई नै लिएका छन् । 

त्यसैले पनि हकप्रद जारी नगरी चुक्ता पुँजी १६ अर्ब पुर्याउने नीति ल्याउन लागेका हुन् । यस्तो नीतिले ‘साँप पनि मर्ने र लठठी पनि नभाँचिने’ भन्दै गभर्नर नेपाललाई उनका सारथीहरुले सुझाव दिँदै आएका छन् । 


 

प्रतिक्रिया दिनुहोस