aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

उपत्यकामा थपिए एक हजार ५१ जना कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
उपत्यकामा थपिए एक हजार ५१ जना कोरोना संक्रमण
LBEF

काठमाडौं । काठमाडौं उपत्यकामा थप  एक हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ८४ जना, ललितपुरमा १८१ जना र काठमाडौंमा ७८६ जना गरि जम्मा  एक हजार ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   

नेपालमा २३५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट १ सय ३१ जनागरी २३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।   

प्रतिक्रिया दिनुहोस