aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरको कटअप मूल्य ४३७ रूपैयाँ कायम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरको कटअप मूल्य ४३७ रूपैयाँ कायम
LBEF

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा विक्री गरिएको संस्थापक शेयरको कटअप मूल्य प्रतिकित्ता रू. ४३७ कायम भएको छ । बुधवार विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय, बबरमहल, काठमाडौंमा खोलिएको गोप्य शिलबन्दी बोलपत्रको आधारमा कटअप मूल्य कायम गरिएको हो । 

कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर विक्रीका लागि चैत ४ गतेदेखि बैशाख ७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा ३७ ओटा बोलपत्र प्राप्त भएको क्यापिटलको भनाई छ ।

 कम्पनीले उक्त शेयर बोलकबोलका लागि न्यूनतम मूल्य रू. ४३७ तोकेको थियो । यो शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरिदक लागि आवेदन दिन सकिने व्यवस्था थियो । 
 

प्रतिक्रिया दिनुहोस