aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

विशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
विशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा
LBEF

काठमाडौं । गत माघ १९ गतेदेखि रोक्का रहेको विशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बुधवारको निर्णय बमोजिम बिहीवारदेखि कम्पनीको शेयर कारोबार सुचारु हुने गरि फुकुवा गरिएको हो । 

नेप्सेले सूचीकरण विनियमावलीमा भएका व्यवस्था बमोजिम कम्पनीका कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु नेप्सेमा नपठाएकाले तीन दिनभित्र उल्लेखित वित्तीय विवरणहरु पेश गर्न माघ १२ गते निर्देशन दिएको थियो । उक्त निर्देशन बमोजिम कम्पनीले वित्तीय विवरण पेश नगरेपनि नेप्सेको माघ १८ गतेको निर्णय बमोजिम माघ १९ गतेदेखि कारोबार रोक्का गरिएको हो ।

कम्पनीले आर्थिक वर्ष ०७३/७४ सालदेखि गत आर्थिक वर्ष ०७६/७७ सम्मको लेखापरिक्षण हुन बाँकी वार्षिक वित्तीय विवरण र चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण कम्पनी लगइनबाट नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले हेर्न सक्ने गरी अपलोट गरेकाले नेप्सेले कारोबार सुचारु गर्ने निर्णय गरेको हो । 

आगामी दिनमा धितोपत्र सूचीकृत विनियमावली, २०७५ मा भएको व्यवस्थालाई पालना गर्न सचेत गराउँदै कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको जानकारी नेप्सेले दिएको छ । पछिल्लो कारोबार दिन माघ १८ गते कम्पनीको अन्तिम शेयरमूल्य २ हजार ८८० रुपैयाँ कायम भएको थियो । उक्त दिन कम्पनीको २६ लाख २३ हजार ९०२ रुपैयाँ बराबरको ९०८ कित्ता शेयर कारोबार भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस