aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ ।  छ्याङदी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर र नारायणी डेभलपमेन्ट बैंकले विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बुधवार नेप्सेमा सूचीकृत भएको हो । 

नारायणी डेभलपमेन्ट बैंक

नारायणी डेभलपमेन्ट बैंकले विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत माघ १३ गतेदेखि फागुन ३ गतेसम्म रू. १०० अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री गरेको थियो ।  उक्त शेयर बिहीवारदेखि कारोबार योग्य हुने गरी कम्पनीले सूचीकृत गराएको हो । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यो शेयर कारोबार गर्न सक्नेछन् ।

कम्पनीको रू. ६ करोड ५६ लाख १६ हजार ९०० को आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । यस आधारमा हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी र रू. १३ करोड १२ लाख ३३ हजार ८०० पुगेको छ ।  यस कम्पनीले शतप्रतिशत हकप्रद शेयरपछि फेरी २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ ।

शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापुँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी रू. ३९ करोड ३७ लाख १ हजार चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ । 

छ्याङदी हाइड्रोपावर

छ्याङदी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको १ लाख ४१ हजार ७५० कित्ता शेयर सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को लागि ५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गत पुस २७ गते सम्पन्न साधारण सभाबाट पारित गरेको थियो ।

५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ । ५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने रू. २९ करोड ७६ लाख ७५ हजारको आधारमा ३० प्रतिशत हकप्रद शेयर वितरणको तयारी कम्पनीको छ । 

प्रतिक्रिया दिनुहोस