aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 

हिमाल दोलखा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
हिमाल दोलखा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
NIBL-Capital-inside
LBEF

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज असार  १३ गते अन्तिम दिन रहेको छ । पहिलो चरणमा सबै आईपीओ बिक्री नभएपछि समय थपेर असार १३ गतेसम्म पुयाएको थियो ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ १४ गते मंगलबारदेखि स्थानीयका लागि १६ लाख कित्ता आईपीओमा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बसोबास गर्नेहरुले मात्र आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओ छिटोमा जेठ २८ र ढिलोमा असार १३ सम्म बिक्रीमा रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड छ । आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी  १ अर्ब ६० करोड पुग्नेछ  कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यो औसतभन्दा कम हो ।
 

प्रतिक्रिया दिनुहोस