aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरका लागि आव्हान गरेको बोलपत्र आज खोलिदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरका लागि आव्हान गरेको बोलपत्र आज खोलिदैं
LBEF

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । 

कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर विक्रीका लागि चैत ४ गतेदेखि बैशाख ७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्र आज विहान ९ बजे विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा खोलिने भएको हो । 

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य रू. ४३७ तोकेको थियो । तोकिएको वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्ने आवेदनहरु मात्र बाँडफाँटमा सहभागी गराईने कम्पनीको भनाई छ । यो शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरिदक लागि आवेदन दिन सकिने व्यवस्था थियो । 
 

प्रतिक्रिया दिनुहोस