aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनियः गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनियः गभर्नर
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर सिए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणमा चार्टड एकाउन्टेन्टको भूमिका अहम हुने बताएका छन् । चार्टड एकाउन्टेन्ट्स संघको ३६औँ वार्षिक साधारणसभामा बोल्दै चार्टड एकाउन्टेन्ट समेत रहेको गभर्नर अधिकारीले यस्तो बताएका हुन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर सिए महाप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । संघियताको मर्म अनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशिकरण सुनिश्चितता सहित सर्वसम्मत्त रुपमा विधान संशोधन पारीत समेत गरेको संघले जनाएको छ ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि मन्त्री कृष्णगोपाल श्रेष्ठले संघको आफ्नै भवन निर्माणका लागि सहयोग गर्ने र चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्धिविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंक सिए उचयाभककष्यल बाट पहिलो गर्भनर सिए महाप्रसाद अधिकारी र ५० वर्र्षभन्दा बढि चार्टड एकाउन्टेन्ट्स प्रोफेसनमा योगदान पु¥याएबापत सिए टि.आर. उपाध्यायलाई सम्मान गरीएको थिए ।

उक्त कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परीक्षक माननिय टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थिए । 

प्रतिक्रिया दिनुहोस