aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

आँधिखोला लघुवित्तको ४ लाख कित्ता आईपीओ असार २२ गतेदेखि भर्न पाउँने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
आँधिखोला लघुवित्तको ४ लाख कित्ता आईपीओ असार २२ गतेदेखि भर्न पाउँने
NIBL-Capital-inside
LBEF

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ असार २२ गतेदेखि खुला गर्ने भएको छ । जसले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये ५ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर प्रति कित्ता शेयर १०० का दरले न्यनतम १० कित्ता र अधिकतम २००० कित्तासम्ममा भर्न पाइनेछ ।
 
आँधिखोलाको आईपीओ भर्ने छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते सम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट यो आइपीओमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । 
आँधिखोलाले आईपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउने छ । 

आँधिखोलाले आइपीओबाट आएको रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जा, १ करोड रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र १ करोड रुपैयाँ साना तथा घरेलु कर्जामा उपयोग गरिने योजना बनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस