aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बङ्लादेशमा लकडाउनको म्याद फेरि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ बैशाख २०७८
Reliance life insurance
बङ्लादेशमा लकडाउनको म्याद फेरि थप
LBEF

ढाका । बङ्लादेशका उच्च सरकारी अधिकारीले लकडाउनको म्याद फेरि थप गरिएको घोषणा गरेका छन् । कोरोनाभाइरसको महामारीको दोस्रो लहर थप बढ्दै गएकाले लकडाउनको म्याद फेरि बढाउनु परेको अधिकारीहरूको भनाइ छ ।  

बङ्लादेशका सार्वजनिक प्रशासन राज्यमन्त्री फर्हाद हुसेनले अप्रिल २२ देखि २८ सम्म पनि लागु हुनेगरी लकडाउनको म्याद थपिएको जानकारी दिए । बङ्लादेशमा यसअघि यही अप्रिल १४ देखि २१ सम्म एक हप्ते लकडान घोषणा गरिएको थियो ।  

लकडाउनसँगै भिडभाड गर्न नपाइने, अत्यावश्यक काम विना घर बाहिर निस्कन नपाइने, सामाजिक दुरी अनिवार्य कायम गर्नु पर्नेलगायतका केही व्यवस्थाहरूमा पनि कडाइ गरिएको छ ।

बङ्लादेशमा कोरोनाभाइरसबाट अहिलेसम्म सात लाख २३ हजार २२१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १० हजार ४९७ जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार ३०० सङ्क्रमणमुक्त भएका छन् । सिह्वा

प्रतिक्रिया दिनुहोस