काठमाडौंमा सिरिन्ज आतंक मच्चाउने एक जना पक्राउ - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

काठमाडौंमा सिरिन्ज आतंक मच्चाउने एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
काठमाडौंमा सिरिन्ज आतंक मच्चाउने एक जना पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । काठमाडौं उपत्यकामा सिरिन्ज आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । राति समयमा युवतीहरुमाथि सुरु आक्रमण गर्दै आएका रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट कार्कीलाई पक्राउ गरेको हो । 

प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिडेको आरोपमा पक्राउ गरेको हो । उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बयानका क्रममा कार्कीले रमाइलोका लागि त्यस्तो गरेको बताएको प्रहरीको भनाई छ । ५ वर्ष दुबई बसेर फर्किएका कार्की महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका थिए । 

पछिल्लो समय राजधानी लगायत आसपासका क्षेत्रमा रातिको समयमा युवतीहरुमाथि सिरिन्ज आक्रमण हुँदै आएको छ । डेढ महिनाको अवधीमा ९ महिला उक्त आक्रमणबाट पीडित बनेका छन् । उनीहरुको टेकुमा रहेको शुक्रराज ट्रपिकल सेन्टरमा उपचार भईरहेको छ । 

यस्तो आक्रमण बढ्न थालेपछि प्रहरीले सबैलाई सचेत रहन आग्रह गर्दै आएको छ । बुधबार मात्रै बनेपामा एक महिलामाथि पनि सिरिन्ज आक्रमण भएको थियो ।

अचम्मको कुरा त ३४ वर्षीया महिलामाथि एक युवतीले सिरिन्ज आक्रमण गरेकी थिईन् । राजधानीमा भएका त्यस्ता घटनामा पुरुषहरु संलग्न रहेपछि बनेपा भने महिलाले आक्रमण गरेकी हुन् ।  

बनेपामा पनि महिलामाथि युवतीले गरिन् सिरिन्ज प्रहार

काठमाडौंमा कसले मच्चायो सुई आतंक ?

काठमाडौंमा युवतीहरूमाथि  ‘सिरिन्ज’ आक्रमण

 

प्रतिक्रिया दिनुहोस