aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

‘सरकारले चाहयो भने मूल्य वृद्धि घट्छ, व्यापारीलाई दोष लगाउनु बेकार हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ बैशाख २०७८
Reliance life insurance
‘सरकारले चाहयो  भने मूल्य वृद्धि घट्छ, व्यापारीलाई दोष लगाउनु बेकार हो’
LBEF

यस हिसाबले हेर्दा एउटा दुई किलोको कुखुराले जम्मा खाने भनेको साढे ३ किलो दाना हो । यसरी हेर्दा प्रति कुखुरा लागत बढेको जम्मा १०/११ रुपैयाँ अर्थात् एक किलो मासुमा दानाले गर्दा भएको मूल्य वृद्धि ५ रुपैयाँ मात्र हो । के बजार भाउ एक किलो मासुमा ५ रुपैयाँले मात्र बढेको छ ? त्यो त होइन ।। निम्बस होल्डिङ्सका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन कमिटी सभापति समेत रहेका बगरिया नेपालमा कृषि उद्यमको राम्रो भविष्य देख्ने व्यापारी हुन् । कृषि प्रधान देश नेपाललाई यसकै माध्यमबाट सहजै आर्थिक उन्नतिको शिखरमा पु¥याउन सकिन्छ भन्ने विश्वास छ, उनमा । नेपालले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्न गर्न सक्ने क्षेत्रका रूपमा कृषि नै रहेको निचोडमा पुगेका बगरियासँग आर्थिकन्युजले अहिले बजारमा देखिएको कुखुराको मासुमा भएको मूल्यवृद्धिको कारण लगायतका विषयमा कुरा गरेको छ । प्रस्तुत छ सोही संवादको सम्पादित अंश ः

तपाई कृषि उद्यमी, अहिले बजारमा कुखुराको मासुको मूल्य धेरै बढेको छ नि किन ?

सामान्य कुरा हो नि बजारमा अहिले मासुको माग धेरै छ तर आपूर्ति छैन त्यसैले मूल्य बढ्यो । केही अघिसम्म पर्याप्त आपूर्ति थियो माग थिएन त्यसैले सस्तो थियो । अहिले मासु महँगो भएको बेला के पनि बिर्सनु हुँदैन कि लगभग एक वर्ष पहिले तयारी मासु डेढ सयमा समेत नबिकेर किसानले खाल्टो खनेर पुरेका थिए ।

तर, पेलेट दाना अत्याधिक महँगो भएर मासुको मूल्य बढेको भनिन्छ नि ?

हो, मैले पनि अचम्मलाग्दो के सुन्दै आएको छु भने दानाको मूल्य बढेर कुखुराको मासुको भाउ बढेको रे ! तर, यो सत्य होइन । दानाको भाउ बढेको हो, तर प्रतिकेजी ३ रुपैयाँ मात्र । यस हिसाबले हेर्दा एउटा दुई किलोको कुखुराले जम्मा खाने भनेको साढे ३ किलो दाना हो । यसरी हेर्दा प्रति कुखुरा लागत बढेको जम्मा १०/११ रुपैयाँ अर्थात् एक किलो मासुमा दानाले गर्दा भएको मूल्य वृद्धि ५ रुपैयाँ मात्र हो । के बजार भाउ एक किलो मासुमा ५ रुपैयाँले मात्र बढेको छ ? त्यो त होइन ।

कर नीति निर्माण गर्ने अर्थ मन्त्रालय र आपूर्ति व्यवस्था मिलाउने वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्दै आएका विरोधाभासपूर्ण कुराहरूमा कसैले ध्यान नै दिएका छैनन् । सरकारको एउटा निकायले कसेर कर असुल्ने अर्को मूल्य किन बढाएको भनेर चिच्याउने यस्तो विरोधाभासपूर्ण अवस्था छ ।

अनि दानाको मूल्य चाहिँ किन बढ्यो ?

कोरोनाका कारण गरिएको लकडाउनले उत्पादन देखि आपूर्ति शृङ्खलामा परेको असरका कारण प्यालेट दानामा पनि केही मूल्यवृद्धि भएको हो । विशेष गरी दाना बनाउन प्रयोग हुने मकै र भटमासको मूल्य नै उल्लेखनीय रूपमा बढेको छ । यसो हुँदा यहाँ उत्पादित दानामा पनि स्वाभाविक रूपमा मूल्य बढ्छ, बढ्यो ।

के त्यसो भए दानाको मूल्यमा भएको वृद्धि रोक्न सम्भव थिएन वा भनौँ छैन ?

छ, तर सरकारले त्यो चाहनु पर्छ । त्यसै त अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ, त्यसमाथि भन्सारदेखि आयकरसम्ममा कसेपछि मूल्य बढ्दैन ? अघिल्लो वर्ष ७०० रुपैयाँमा आयात भएको बस्तु अहिले १४०० पर्न थालेको छ । हामीले त्यही १४०० को भन्सार, भ्याट आदी कर तिर्दै छौं भनेपछि मूल्य कहाँ पुग्छ ? के सरकार गत वर्षको मूल्य अर्थात् ७०० लाई नै आधार मूल्य मानेर कर लिन तयार छ ? यदि त्यसो गर्ने हो भने त मूल्यमा केही कमी पक्कै आउँछ ।

हामीले अर्थतन्त्र ठिक तरिकाले अघि बढ्दै छ, आर्थिक गतिविधि चलायमान बन्दै छ, यसले चाँडै आफ्नो लय समात्ने देखिन्छ भनिरहँदा अर्को पक्षमा भने ध्यान दिइरहेका छैनौँ । त्यो हो, कहींकतै आधारभूत रूपमा नै समस्या छ जसको खोजी गर्नु आवश्यक छ ।

तर, वाणिज्य विभाग त व्यापारीले मूल्य बढाए भन्दै छ नि ?

यही त हो अचम्म लाग्ने कुरा । नेपालमा आयात मूल्यको सर्वाधिक हिस्सा ओगटेको खनिज तेलको मूल्य हप्तै पिच्छे बढेको छ, जसमा कसैको चासो छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो अनि यहाँ पनि बढ्यो भन्ने गरिन्छ । त्यही कुरा अन्य सबै आयातित बस्तुको हकमा पनि लागु हुन्छ भन्ने चाहिँ किन बुझ्ने कोसिस गरिँदैन ?  जबकि इन्धनको मूल्य वृद्धिले हाम्रो जीवनका हरेक कुरामा असर गर्छ । समग्र बजार भाउ बढाउने प्रमुख कारक इन्धन हो ।

वाणिज्यले कुरा गरेको खाने तेलको मूल्यको हो, खनिजको होइन ?

त्यही त भन्या । हामीलाई समेत धेरैले सोध्छन्, ‘होइन खाने तेलको भाउ किन यति धेरै बढेको हो ?’ खासमा खाने तेलको मूल्यमा भएको वृद्धिले मानिसको दैनिकीमा त्यति ठुलो असर परेको छैन जति असर इन्धनमा भएको मुल्यबृद्धिले पारेको छ । तर, बस्तु आयात गर्दा कर असुल गर्ने भन्सार विभाग, हरेक कारोबारमा कर लिने राजस्व÷कर कार्यालय, कर नीति निर्माण गर्ने अर्थ मन्त्रालय र आपूर्ति व्यवस्था मिलाउने वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्दै आएका विरोधाभासपूर्ण कुराहरूमा कसैले ध्यान नै दिएका छैनन् । सरकारको एउटा निकायले कसेर कर असुल्ने अर्को मूल्य किन बढाएको भनेर चिच्याउने यस्तो विरोधाभासपूर्ण अवस्था छ ।

अहिले त्यो नोक्सानीबाट सिर्जना भएको असहजतालाई चिर्न ती क्षेत्रमा मानिसहरूले बैंकसँग ऋण छन् । यहाँ ऋण लिनुलाई कमाउनु हो भने जस्तो गरी बुझिंदैछ । चिन्ता गर्नुपर्ने कुरा यो छ कि यदि यस्तो ऋण लिएकाले त्यो तिर्न सकेनन् भने के हुन्छ ?

सरकार त आर्थिक विषयमा राम्रो समन्वय भएकै कारण सहज वातावरण बन्दै गएको निष्कर्षमा छ, होइन र ?

हामीले अर्थतन्त्र ठिक तरिकाले अघि बढ्दै छ, आर्थिक गतिविधि चलायमान बन्दै छ, यसले चाँडै आफ्नो लय समात्ने देखिन्छ भनिरहँदा अर्को पक्षमा भने ध्यान दिइरहेका छैनौँ । त्यो हो, कहींकतै आधारभूत रूपमा नै समस्या छ जसको खोजी गर्नु आवश्यक छ । यो किन भनिँदै छ भने हामीले आयात गर्ने बस्तुको मूल्य अत्यधिक बढेको छ । त्यही अनुपातमा भन्सार लगायतका कर असुली भइरहेको छ । तर, सरकारको राजश्व लक्ष्य भने पुरा भएको छैन । किन ? किनकि अत्यावश्यक वस्तुको आयातमा कमी नआए पनि अरू धेरै बस्तुको व्यापारमा सुस्तता छाएको छ । त्यो क्षेत्र कुन हो पहिचान गर्नु जरुरी छ । स्वाभाविक रूपमा मूल्य बढ्दा हुने मागको कमिले पनि यहाँ भूमिका खेलेको छ ।

माग त कम हुने भई हाल्यो नि, बैंकमा समेत तरलता अभाव भो भन्न थाले ?

अहिले जसरी बैंकहरूमा तरलता अभाव भयो भन्ने हल्ला चलाइएको छ त्यो त्यति विश्वसनीय छैन । न त कतिपय मिडियाले व्याख्या गरे झैँ बैंकले तरलता अभावका बिच पनि ब्याजदर नबढाएर मुलुकको अर्थतन्त्र सुदृढ पार्न उल्लेखनीय योगदान पु¥याए नै भन्न मिल्छ । बरु, सत्य यो हो की हिजो हिजो मुद्दती खातामा १२ प्रतिशतसम्म ब्याज पाएका निक्षेपकर्ताले अहिले तीन प्रतिशत पाउन समेत हम्मे परेको छ । बैंकरको चासो हुने भनेको स्प्रेडदर सँग हो त्यो उनीहरूले मज्जाले खेल्न पुग्ने गरी छ । त्यसैले बैंकरले ब्याज बढाए वा घटाए भन्न मिल्ने कुरै होइन ।

अहिलेको यथार्थ के चाहिँ हो भने यसबिच बैंकले पर्याप्त लगानी गरे । तर, त्यति नै महत्त्वपूर्ण प्रश्न यो पनि हो कि लगानी कुन क्षेत्रमा भयो ? के त्यो लगानीले उत्पादनमा सहयोग गर्दै छ ? रियल स्टेटमा भएको लगानीलाई, पुँजी बजारमा भएको लगानीलाई के भन्ने ? कोरोना कालमा धेरै क्षेत्रमा ठुलो नोक्सानी भयो । अहिले त्यो नोक्सानीबाट सिर्जना भएको असहजतालाई चिर्न ती क्षेत्रमा मानिसहरूले बैंकसँग ऋण छन् । यहाँ ऋण लिनुलाई कमाउनु हो भने जस्तो गरी बुझिंदैछ । चिन्ता गर्नुपर्ने कुरा यो छ कि यदि यस्तो ऋण लिएकाले त्यो तिर्न सकेनन् भने के हुन्छ ?
 

प्रतिक्रिया दिनुहोस