हड्ताल भारतमा, समस्या नेपालमा - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

हड्ताल भारतमा, समस्या नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
हड्ताल भारतमा, समस्या नेपालमा
LBEF

भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा गरिएको हड्तालका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा आउने मालबाहक सवारी साधन दुई दिनदेखि भारतमै रोकिएका छन् ।

जोगबनी बजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले मंगलवारदेखि जोगबनीमा हड्ताल गरेका छन् । हड्तालका कारण जोगबनीदेखि १० किलोमिटर दक्षिणसम्म मालवाहक सवारी साधन रोकिएका हुन् ।

जोगबनीवासीले यातायात र बजार बन्द गराउँदै मालबाहक गाडीहरू चल्न दिएका छैनन् । बन्दका कारण नेपाल तर्फबाट किनमेलका लागि जोगबनी जाने सर्वसाधारण रित्तो हात फर्किने गरेका छन् ।

औषधी व्यवसायी संघ जोगबनीका अध्यक्ष सुदिप भारतीका अनुसार, साँघुरो सडक भत्किएर सवारी साधन नै गुड्न नसक्ने भएकाले स्थानीयले अनिश्चितकालीन हड्ताल गरेका हुन् ।

सडकको समस्यालाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी बैजनाथप्रसाद यादव नआएसम्म आन्दोलन जारी रहने जोगबनीका व्यवसायी आकाश शर्माले बताए । उनले भने, ‘भोलिसम्म मागको सुनुवाई नभए रिक्सा साइकल पनि बन्द गराइने छ ।’ आर्थिक अभियान दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस