aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

उपचारको क्रममा सङ्क्रमित महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
Reliance life insurance
उपचारको क्रममा सङ्क्रमित महिलाको मृत्यु
LBEF

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको आइतबार उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित रहेकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शनिबार अस्पताल भर्ना गराएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सरोजरोशन दासले जानकारी दिए । 

अस्पताल भर्ना गराएकै दिन ती महिलाको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आइसियुमा राखी उपचार हुँदै आएकामा आज मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस